अग्रता जोगाउन नसक्दा आर्सनल अंक बाड्न बाध्य « Khabarhub

अग्रता जोगाउन नसक्दा आर्सनल अंक बाड्न बाध्य


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनलले वाट्फोर्डसँग बराबरी खेलेको हो । अग्रता जोगाउन नसक्दा आर्सनल २–२ गोलको बराबरीमा रोकिएको हो।

वाट्फोर्डको मैदानमा भएको खेलमा अग्रता भने आर्सनलले लिएको थियो। आर्सनलले २ गोलको अग्रता जोगाउन नसक्दा अंक बाड्न बाध्य भएको हो ।

आर्सनलका पेरिक एम्रिक आबुमियाङ एक्लैले दुई गोल गरेका थिए। घरेलु टोलीका लागि टम क्लेभर्ली र रोबर्टो पेरेयाराले १–१ गोल गरे। खेलको २१ औं मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। ३२ औं मिनेटमा आबुमियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए।

दोस्रो हाफमा भने आर्सनलले अग्रता जोगाउन सकेन। खेलको ५३ औं मिनेटमा क्लेभर्लीले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । त्यस्तै खेलको ८१ औं मिनेटमा रोबर्टोले पेनाल्टीमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याउदै हारबाट जोगाए ।

त्यसपछि कुनै टोलीले गोल गर्न सकेनन् खेल बराबरीमा सकियो । आर्सनल ५ खेलबाट ८ अंक जोड्दै लिगको सातौं स्थानमा छ । वाट्फोर्डको ५ खेलबाट २ अंक छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १० : २० बजे

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज