प्रकाश दाहाल स्मृति भलिवलः उपाधिका लागि आर्मी र पुलिस भिड्दै | Khabarhub Khabarhub

प्रकाश दाहाल स्मृति भलिवलः उपाधिका लागि आर्मी र पुलिस भिड्दै


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय पुरुष भलिबलको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी भिड्ने भएका छन् ।

खेल दिउँसो १ बजेपछि शुरु नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा हुनेछ । आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली एपीएफ क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो ।

आइतबार भएको सेमिफाइनलमा पुलिसले एपीएफमाथि ३–२ को रोमाञ्चक जित हात पारेको थियो । शनिबार भएको खेलमा आर्मी क्लब गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

फाइनल अघि तेस्रो स्थानका लागि खेल हुनेछ । गण्डकी र एपीएफले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । खेल बिहान ११ बजेपछि सुरु हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् ।

विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १० : ४० बजे

चाउचाउ नियमित खाजा किन होइन ? कस्तो छ सरकारले तोकेको गुणस्तर ?

काठमाडौं – गत वैशाख १२ गते काठमाडौं महानगरपालिकाले वाइवाइ चाउचाउ

भद्रपुरमा लक्ष्यभन्दा बढी राजस्व संकलन 

भद्रपुर– भद्रपुर नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु चार

मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन आह्वान

काठमाडौं– मदन भण्डारी फाउन्डेसनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८०’ का लागि

स्तरोन्नतिका लागि धुलिखेल–खावा खण्ड दिउँसो बन्द

धुलिखेल– अरनिका राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि दिउँसोको समयमा

अन्तर्राष्ट्रिय अदालतको आदेशपछि इजरायलको प्रतिक्रिया  कस्तो छ ?

काठमाडौं– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका केही सहयोगीहरूले आईसीजेको निर्णयपछि आक्रोशपूर्ण