प्रकाश दाहाल स्मृति भलिवलः उपाधिका लागि आर्मी र पुलिस भिड्दै « Khabarhub

प्रकाश दाहाल स्मृति भलिवलः उपाधिका लागि आर्मी र पुलिस भिड्दै


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय पुरुष भलिबलको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी भिड्ने भएका छन् ।

खेल दिउँसो १ बजेपछि शुरु नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा हुनेछ । आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली एपीएफ क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो ।

आइतबार भएको सेमिफाइनलमा पुलिसले एपीएफमाथि ३–२ को रोमाञ्चक जित हात पारेको थियो । शनिबार भएको खेलमा आर्मी क्लब गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

फाइनल अघि तेस्रो स्थानका लागि खेल हुनेछ । गण्डकी र एपीएफले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । खेल बिहान ११ बजेपछि सुरु हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् ।

विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १० : ४० बजे

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका

इन्जिनियर दम्पतीसहित छोराछोरी बेपत्ता, पर्खाइमा परिवार

बागलुङ– बागलुङ नगरपालिका–९ तित्याङका इन्जिनियर दम्पती राजेश शर्मा र प्रमिला

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा