नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, १२ कक्षा पासले पनि आवेदन दिन सक्ने « Khabarhub

नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, १२ कक्षा पासले पनि आवेदन दिन सक्ने


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले विभिन्न पदमा गरी ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

बैंकले केन्द्र तथा प्रदेशका कार्यलयमा गरी ५ सय २ जना कर्मचारी माग गरेको हो ।

बैंकले समावेशी समूहसमेत गरी सहायक प्रबन्धक, सहायक र कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो ।

बैंकले केन्द्रीय कार्यालयअन्तर्गत १ सय ४१ जना, प्रदेश नम्बर १ को कार्यालयअन्तर्गत २५ जना, प्रदेश नम्बर २ को कार्यालयअन्तर्गत ३१ जना, प्रदेश नम्बर ३ को कार्यालयअन्तर्गत १ सय ६७ जना, गण्डकी प्रदेशको कार्यालयअन्तर्गत ५४ जना, प्रदेश नम्बर ५ को कार्यालयअन्तर्गत ३७ जना, कर्णाली प्रदेशको कार्यालयअन्तर्गत २८ जना र सुदूरपश्चिम प्रदेशको कार्यालयअन्तर्गत ११ जना कर्मचारी माग गरेको छ ।

बैंकले कनिष्ठ सहायकका लागि न्यूनतम प्रविणता प्रमाणपत्र तह (कक्षा १२) उत्तीर्ण गरेकोदेखि सहायक प्रबन्धक पदमा स्नातकोत्तरसम्मको शैक्षिक योग्यता माग गरेको छ ।

बैंकले माग गरेको पदमा असोज १९ गतेसम्म आवेदन पेश गर्न सकिने जनाइएको छ ।

विस्तृत विवरणका लागि तलको बिज्ञापन हेर्नुहोस्,

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ११ : ३० बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई