नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, १२ कक्षा पासले पनि आवेदन दिन सक्ने « Khabarhub

नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, १२ कक्षा पासले पनि आवेदन दिन सक्ने


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले विभिन्न पदमा गरी ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

बैंकले केन्द्र तथा प्रदेशका कार्यलयमा गरी ५ सय २ जना कर्मचारी माग गरेको हो ।

बैंकले समावेशी समूहसमेत गरी सहायक प्रबन्धक, सहायक र कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो ।

बैंकले केन्द्रीय कार्यालयअन्तर्गत १ सय ४१ जना, प्रदेश नम्बर १ को कार्यालयअन्तर्गत २५ जना, प्रदेश नम्बर २ को कार्यालयअन्तर्गत ३१ जना, प्रदेश नम्बर ३ को कार्यालयअन्तर्गत १ सय ६७ जना, गण्डकी प्रदेशको कार्यालयअन्तर्गत ५४ जना, प्रदेश नम्बर ५ को कार्यालयअन्तर्गत ३७ जना, कर्णाली प्रदेशको कार्यालयअन्तर्गत २८ जना र सुदूरपश्चिम प्रदेशको कार्यालयअन्तर्गत ११ जना कर्मचारी माग गरेको छ ।

बैंकले कनिष्ठ सहायकका लागि न्यूनतम प्रविणता प्रमाणपत्र तह (कक्षा १२) उत्तीर्ण गरेकोदेखि सहायक प्रबन्धक पदमा स्नातकोत्तरसम्मको शैक्षिक योग्यता माग गरेको छ ।

बैंकले माग गरेको पदमा असोज १९ गतेसम्म आवेदन पेश गर्न सकिने जनाइएको छ ।

विस्तृत विवरणका लागि तलको बिज्ञापन हेर्नुहोस्,

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ११ : ३० बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को