रियलविरुद्ध पीएसजीका स्टार नेयमार र एम्बाप्पेले नखेल्ने « Khabarhub

रियलविरुद्ध पीएसजीका स्टार नेयमार र एम्बाप्पेले नखेल्ने


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले नयाँ सिजनको युईएफए च्याम्पियन्स लिगमा आफ्नो पहिलो खेल स्पेनिस महारथि रियल मड्रिडसँग खेल्दैछ । बिहीबार (सेप्टेम्बर १९) मा यी दुई टोली आमनेसामने हुनेछन् ।

रियलसँग खेल्दै यो सिजनको च्याम्पियन्स लिगको यात्रा शुरु गर्न लागेको पीएसजीको टोलीमा भने दुई स्टार खेलाडी हुने छैनन् । ब्राजिलीयन स्टार नेयमार तथा फ्रान्सका युवा स्टार किलियन एम्बाप्पे रियलविरुद्धको टोलीमा हुने छैनन् ।

नेयमारले अघिल्लो सिजनको अन्तिम १६ मा म्यान्चेस्टर युनाइटेडविरुद्धको खेलका क्रममा सामाजिक सञ्जालमार्फत रेफ्रीको आलोचना गरे पछि उनलाई ३ खेलको प्रतिवन्ध लगाइएको थियो । सो कारबाहीका कारण उनले यो सिजनका शुरुवाती तीन खेल गुमाउने स्पेनिस पत्रिका मार्काले जनाएको छ ।

नेयमार शनिबारदेखि पीएसजीको टिममा फर्किएका छन् । टिमलाई अन्तिम समयमा गोल गर्दै जित दिलाए पनि पीएसजीका समर्थकले उनीविरुद्ध नारावाजी गरेका थिए ।

यता, एम्बाप्पेको माशंपेशीमा चोटका कारण टिम बाहिर रहेका छन् । पीएसजीले यो सिजनको च्याम्पियन्स लिग यात्रा घरेलु मैदानमा आगामी बिहीबार खेल्दै शुरु गर्नेछ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ३ : २६ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित