रियलविरुद्ध पीएसजीका स्टार नेयमार र एम्बाप्पेले नखेल्ने « Khabarhub

रियलविरुद्ध पीएसजीका स्टार नेयमार र एम्बाप्पेले नखेल्ने


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले नयाँ सिजनको युईएफए च्याम्पियन्स लिगमा आफ्नो पहिलो खेल स्पेनिस महारथि रियल मड्रिडसँग खेल्दैछ । बिहीबार (सेप्टेम्बर १९) मा यी दुई टोली आमनेसामने हुनेछन् ।

रियलसँग खेल्दै यो सिजनको च्याम्पियन्स लिगको यात्रा शुरु गर्न लागेको पीएसजीको टोलीमा भने दुई स्टार खेलाडी हुने छैनन् । ब्राजिलीयन स्टार नेयमार तथा फ्रान्सका युवा स्टार किलियन एम्बाप्पे रियलविरुद्धको टोलीमा हुने छैनन् ।

नेयमारले अघिल्लो सिजनको अन्तिम १६ मा म्यान्चेस्टर युनाइटेडविरुद्धको खेलका क्रममा सामाजिक सञ्जालमार्फत रेफ्रीको आलोचना गरे पछि उनलाई ३ खेलको प्रतिवन्ध लगाइएको थियो । सो कारबाहीका कारण उनले यो सिजनका शुरुवाती तीन खेल गुमाउने स्पेनिस पत्रिका मार्काले जनाएको छ ।

नेयमार शनिबारदेखि पीएसजीको टिममा फर्किएका छन् । टिमलाई अन्तिम समयमा गोल गर्दै जित दिलाए पनि पीएसजीका समर्थकले उनीविरुद्ध नारावाजी गरेका थिए ।

यता, एम्बाप्पेको माशंपेशीमा चोटका कारण टिम बाहिर रहेका छन् । पीएसजीले यो सिजनको च्याम्पियन्स लिग यात्रा घरेलु मैदानमा आगामी बिहीबार खेल्दै शुरु गर्नेछ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ३ : २६ बजे

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार