संसदमा नेकपा र कांग्रेस सांसदबीच चर्काचर्की– विरोधमा कांग्रेसको नाराबाजी « Khabarhub

संसदमा नेकपा र कांग्रेस सांसदबीच चर्काचर्की– विरोधमा कांग्रेसको नाराबाजी


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेको छ ।

आफ्नो पार्टीका बाँके जिल्ला सभापति घाइते हुने गरी भएको आक्रमणमा संलग्नलाई कारबाही नगरिएको भन्दै कांग्रेसले सोमबार पनि संसद बैठक अवरुद्ध पारेको हो ।

सभामुख कृष्णबहादुर महराले सोमबारको संसद बैठकको कारबाही प्रारम्भ भएको घोषणा गर्नासाथ कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

सभामुख महराले कांग्रेस सांसद पुष्पा भुसाललाई बोल्ने समय दिए । संसदमा बोल्दै सांसद भुसालले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता कार्यकर्ताको हुलले गरेको आक्रमणबाट आफ्नो पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालालगायत ६० जना नेता–कार्यकर्ता घाइते भएको बताइन् ।

भुसालले घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आफ्नो भनाइ टुंग्याएपछि बाँकेबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद नन्दलाल रोकाले बोल्ने समय मागे ।

रोकाले कांग्रेस सांसद भुसालको भनाइप्रति आपत्ति जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएपछि कांग्रेसले नाराबाजी शुरु गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ३ : ४७ बजे

दाङमा विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध

दाङ–  विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध गरिएको

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

काठमाडौं– सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन

राजेन्द्र राईको अभिव्यक्तिले अवरुद्ध संसद् सुचारु

काठमाडौं– प्रतिनिधिसभाको केहीबेरका लागि स्थगित भएको बैठक सुरु भएको छ । 

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

एजेन्सी– स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त