किमले ट्रम्पलाई दिए उत्तर कोरिया भ्रमणको निम्तो | Khabarhub Khabarhub

किमले ट्रम्पलाई दिए उत्तर कोरिया भ्रमणको निम्तो


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरिया भ्रमण गर्न निम्तो दिएको खुलासा भएको छ ।

कूटनीतिक श्रोतलाई उद्धृत गर्दै दक्षिण कोरियाली अखबार जुङगाङ इल्बोले लेखेको समाचार अनुसार किमले गत अगस्ट महिनामा ट्रम्पलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएका हुन् । जुङगाङ इल्बो अखवारका अनुसार अगष्ट महिनामा सर्वोच्च नेता किमले राष्ट्रपति ट्रम्पलाई पठाएको सन्देशमा सर्वोच्च नेता किमले ट्रम्पलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएका हुन् ।

किमले उक्त पत्र अगष्ट महिनाको तेश्रो साता पठाएको बताइएको छ ।

पत्रमा किमले ट्रम्पसँग तेश्रो शिखर वार्ताका लागि समेत तयार रहेको भन्दै उपयुक्त समयमा उत्तर कोरियाको भ्रमण गर्न निम्तो दिइएको जनाइएको छ ।

ट्रम्पले गत अगष्ट ९ का दिन किमबाट ‘निकै सुन्दर’ पत्र प्राप्त भएको उल्लेख गरेका थिए । यद्यपि अगष्ट महिनाको तेश्रो सातामा पठाइएको भनिएको पत्रबारे भने अमेरिकी अधिकारीले केही उल्लेख गरेका छैनन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्प सर्वोच्च नेता किम जोङ उनबीच पछिल्लो पटक गत जुन महिनामा कोरियाली सीमाक्षेत्रमा भेटवार्ता भएको थियो । गत फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोईमा भएको दोश्रो शिखर वार्ता असफल भएपछि दुई मुलुकबीचको शान्ति वार्ता अघि बढ्न सकेको छैन ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ४ : १४ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल