किमले ट्रम्पलाई दिए उत्तर कोरिया भ्रमणको निम्तो « Khabarhub

किमले ट्रम्पलाई दिए उत्तर कोरिया भ्रमणको निम्तो


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरिया भ्रमण गर्न निम्तो दिएको खुलासा भएको छ ।

कूटनीतिक श्रोतलाई उद्धृत गर्दै दक्षिण कोरियाली अखबार जुङगाङ इल्बोले लेखेको समाचार अनुसार किमले गत अगस्ट महिनामा ट्रम्पलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएका हुन् । जुङगाङ इल्बो अखवारका अनुसार अगष्ट महिनामा सर्वोच्च नेता किमले राष्ट्रपति ट्रम्पलाई पठाएको सन्देशमा सर्वोच्च नेता किमले ट्रम्पलाई उत्तर कोरिया भ्रमणको निम्तो दिएका हुन् ।

किमले उक्त पत्र अगष्ट महिनाको तेश्रो साता पठाएको बताइएको छ ।

पत्रमा किमले ट्रम्पसँग तेश्रो शिखर वार्ताका लागि समेत तयार रहेको भन्दै उपयुक्त समयमा उत्तर कोरियाको भ्रमण गर्न निम्तो दिइएको जनाइएको छ ।

ट्रम्पले गत अगष्ट ९ का दिन किमबाट ‘निकै सुन्दर’ पत्र प्राप्त भएको उल्लेख गरेका थिए । यद्यपि अगष्ट महिनाको तेश्रो सातामा पठाइएको भनिएको पत्रबारे भने अमेरिकी अधिकारीले केही उल्लेख गरेका छैनन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्प सर्वोच्च नेता किम जोङ उनबीच पछिल्लो पटक गत जुन महिनामा कोरियाली सीमाक्षेत्रमा भेटवार्ता भएको थियो । गत फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोईमा भएको दोश्रो शिखर वार्ता असफल भएपछि दुई मुलुकबीचको शान्ति वार्ता अघि बढ्न सकेको छैन ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ४ : १४ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब