संविधान दिवसका अवसरमा एकेडेमी क्रिकेट लिग हुने « Khabarhub

संविधान दिवसका अवसरमा एकेडेमी क्रिकेट लिग हुने


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा एकेडेमी क्रिकेट लिग (एसीएल) यु–१९ टि–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक नेक्सस क्रिकेट एकेडेमीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि प्रैतिया्ेगिता असोज २ गतेदेखि १५ गतेसम्म हुने जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालभरका निजी क्षेत्रबाट सञ्चालनमा रहेका क्रिकेट एकेडेमीका गरि १६ टिमको सहभागीता रहनेछ । प्रतियोगितामा सहभागी १६ टिमलाई आयोजकले ४ समूहमा विभाजन गरेको छ ।

हरेक टिममा चार टोली रहेका छन् भने प्रत्येक टिमका शिर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । तालिकामा नकआउटका आधारमा हुने प्रतियोगिताको कुल लागत १५ लाखसम्म लाग्ने अनुमान रहेको टुनामेन्ट टाइरेक्टर प्रबल गौतमले बताएका छन् ।

तर, माथिल्लो मुलपनी क्रिकेट मैदानमा हुने प्रतियोगितामा मैदानको शुल्क राष्ट्रिय खेलकुद प्रतियोगि मिनाह गरेका कारण अन्य खर्च ११–१२ लाख लाग्ने गौतमले बताए ।

संविधान दिवसको अवसर पारेर हुनलागेको प्रतियोगितामा हरेक दिन २ खेल हुने आयोजकले जनाएको छ ।

तियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले १ लाख पाउने छन् । यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट बलर, ब्याट्सम्यान र इमर्जिङ प्लेयरलाई पनि पुरस्कृत गरिने छ ।

यस्तै उत्कृष्ट ४ खेलाडीलाई नेक्ससले दिल्लीमा ६ महिनाको निशुल्क प्रशिक्षणको व्यवस्था मिलाएको छ भने अन्य पाँच खेलाडीलाई नेक्सस एकेडेमीले १ वर्षको निशुल्क प्रशिक्षणको अवसर पाउने छन् ।

त्यस्तै प्रतियोगिताका हरेक खेलाडी र अफिसियलका लागि ५ लाख बराबरको बिमा गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ४ : ३३ बजे

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने