संविधान दिवसका अवसरमा एकेडेमी क्रिकेट लिग हुने | Khabarhub Khabarhub

संविधान दिवसका अवसरमा एकेडेमी क्रिकेट लिग हुने


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा एकेडेमी क्रिकेट लिग (एसीएल) यु–१९ टि–२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक नेक्सस क्रिकेट एकेडेमीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि प्रैतिया्ेगिता असोज २ गतेदेखि १५ गतेसम्म हुने जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालभरका निजी क्षेत्रबाट सञ्चालनमा रहेका क्रिकेट एकेडेमीका गरि १६ टिमको सहभागीता रहनेछ । प्रतियोगितामा सहभागी १६ टिमलाई आयोजकले ४ समूहमा विभाजन गरेको छ ।

हरेक टिममा चार टोली रहेका छन् भने प्रत्येक टिमका शिर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । तालिकामा नकआउटका आधारमा हुने प्रतियोगिताको कुल लागत १५ लाखसम्म लाग्ने अनुमान रहेको टुनामेन्ट टाइरेक्टर प्रबल गौतमले बताएका छन् ।

तर, माथिल्लो मुलपनी क्रिकेट मैदानमा हुने प्रतियोगितामा मैदानको शुल्क राष्ट्रिय खेलकुद प्रतियोगि मिनाह गरेका कारण अन्य खर्च ११–१२ लाख लाग्ने गौतमले बताए ।

संविधान दिवसको अवसर पारेर हुनलागेको प्रतियोगितामा हरेक दिन २ खेल हुने आयोजकले जनाएको छ ।

तियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले १ लाख पाउने छन् । यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट बलर, ब्याट्सम्यान र इमर्जिङ प्लेयरलाई पनि पुरस्कृत गरिने छ ।

यस्तै उत्कृष्ट ४ खेलाडीलाई नेक्ससले दिल्लीमा ६ महिनाको निशुल्क प्रशिक्षणको व्यवस्था मिलाएको छ भने अन्य पाँच खेलाडीलाई नेक्सस एकेडेमीले १ वर्षको निशुल्क प्रशिक्षणको अवसर पाउने छन् ।

त्यस्तै प्रतियोगिताका हरेक खेलाडी र अफिसियलका लागि ५ लाख बराबरको बिमा गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ४ : ३३ बजे

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज