साउदीको तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको नेपाल सरकारबाट निन्दा « Khabarhub

साउदीको तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको नेपाल सरकारबाट निन्दा


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी अरबको तेल प्रशोधन केन्द्रमा भएका आक्रमणको नेपाल सरकारले निन्दा गरेको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै साउदी अरबको तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणको निन्दा गरेको हो । गत शनिबार साउदी अरबको अबकएक र खुराइश क्षेत्रस्थित तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको थियो ।

विज्ञप्तिमा मन्त्रालयले व्यवसायिक क्षेत्रमा यस्तो किसिमको आक्रमण हुनु दुर्भाग्यपूर्ण रहेको जनाएको छ ।नेपाल राजनीतिक उद्देश्य प्राप्तिका लागि शक्ति र हिंसाको प्रयोगको विपक्षमा रहेको समेत परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ ।

साउदीले आफ्ना दुईवटा तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि उत्पादनमा आधा कटौती गरेको छ । योसँगै विश्व बजारमा पछिल्लो चार महिनामा कच्चा तेलको मूल्य उच्च विन्दुमा पुगेको छ ।

उता, अमेरिकाले उक्त आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाएको छ । इरानले भने आफ्नो संलग्नता रहेको भन्ने अमेरिकी आरोपको खण्डन गर्दै आएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ८ : ४२ बजे

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो