नागरिक लगानी कोषले २२ प्रतिशत शेयर लाभांश दिने « Khabarhub

नागरिक लगानी कोषले २२ प्रतिशत शेयर लाभांश दिने


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक लगानी कोषले आफ्ना शेयरधनीलाई २२ प्रतिशत शेयर लाभांश र कर प्रयोजनको लागि एक दशमलव १६ प्रतिशत नगद लाभांश दिने भएको छ । कोषको २४औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

साधारणभाले आर्थिक वर्ष २०७४/७५ को आयव्ययसमेत पारित गरेको छ । साधारणसभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा डा रामचन्द्र भट्टराईले आव २०७४/७५ को प्रतिवेदन पेश गरे ।

कोषले हालसम्म प्राप्त गरेका उपलब्धि र भावी योजनामा समावेश गरिएका कार्यक्रमको बारेमा जानकारी दिँदै उनले कोषको बचत परिचालन, लगानी व्यवस्थापन, पूँजी बजार सेवा, बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप असूली, लगानी नीति २०७५ को बारेमा बताएका थिए ।

उनले आम नागरिकलाई समेट्ने गरी नयाँ बचत कार्यक्रम ल्याउन कोष क्रियाशील रहेको रहेको र लगानी नीति २०७५ ले कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाएको उल्लेख गरे ।

कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषलाई थप व्यावसायिक र पारदर्शी बनाएर लैजाने बताए । सभाले लेखापरीक्षको प्रतिवेदनसहितको २०७५ साल असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  १० : १५ बजे

अमेरिकाको दाबी : इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन- अमेरिकाले इरानविरुद्ध सञ्चालन गरेको सिलसिलेवार सैन्य कारबाहीमा ८० भन्दा बढी

सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती

मान्म– स्थानीय नरहरिनाथ गाउँपालिका–७ माल्कोट गाउँमा सिँचाइ कुलो निर्माण भएपछि

बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो

गण्डकी– पर्यटकीय नगरी पोखरामा साहसिक खेल बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण

शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने

अमेरिकी आक्रमणपछि इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमण छोट्याएर तेहरान फर्किए

तेहरान- अमेरिकी सैन्य आक्रमण सुरु भएपछि इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इराकको