सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती « Khabarhub

सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मान्म– स्थानीय नरहरिनाथ गाउँपालिका–७ माल्कोट गाउँमा सिँचाइ कुलो निर्माण भएपछि सयौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । 

माल्कोट गाउँको धाँचुकोटमा गच्चेकाटिया सिँचाइ कुलो निर्माण भएपछि सयौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको हो ।

रातिमाटादेखि धाँचुकोटसम्म सिँचाइ कुलो निर्माण भएपछि विगतमा सिँचाइ सुविधा नभएको बाँझो जमिनमा बालीनाली लगाउन थालिएको छ । 

खानेपानी तथा ऊर्जा विकास कार्यालय कालीकोटको आर्थिक लगानीमा पक्की सिँचाइ कुलो निर्माण भएको नरहरिनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण रानामगरले बताए ।

‘सिँचाइ कुलो निर्माणका लागि खानेपानी तथा ऊर्जा विकास कार्यालयको रु २० लाख लगानी भएको छ’, उनले भने, ‘सिँचाइ कुलो निर्माणले माल्कोट गाउँको सयौँ हेक्टर जमिनमा सिँचाइको सुविधा पुगेको छ ।’

वर्षौँदेखि गाउँमा सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझै रहेकामा अहिले सिँचाइ कुलोबाट पानी आउन थालेपछि सहज भएको स्थानीय रामबहादुर बटालाले बताए । 

‘सिँचाइ कुलो निर्माण भएपछि पहिलाको जस्तो जग्गा बाँझो राख्नुपरेको छैन’, उनले भने, ‘अहिले तरकारीखेती, अन्नबाली समयमा लगाउनका लागि सहज भएको छ ।’

सिँचाइ कुलो निर्माणले गाउँको उत्पादनसमेत वृद्धि हुने गच्चेकाटिया सिँचाइ कुलो निर्माण योजनाका अध्यक्ष ध्रुवबहादुर शाहीले बताए । 

‘यसबाट करिब एक हजार घरपरिवार लाभान्वित भएका छन् । पाँच सय मिटर लामो सिँचाइ कुलो निर्माण भएको छ’, उनले भने, ‘सिँचाइ कुलो निर्माणका लागि अझै केही लगानी कम भएको छ ।’

सिँचाइ कुलो नहुँदा जमिन बाँझो राख्नुपर्ने समस्या रहेको अब कुलो निर्माणसँगै त्यो समस्या हटेकोे वडाध्यक्ष खाम्मबहादुर बटालाले बताए

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  १ : ४९ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव