अमेरिकाको दाबी : इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण « Khabarhub

अमेरिकाको दाबी : इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकाले इरानविरुद्ध सञ्चालन गरेको सिलसिलेवार सैन्य कारबाहीमा ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी गरेको छ।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा होर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने व्यावसायिक जहाजहरूमाथि इरानले हालै गरेको आक्रमणको प्रत्युत्तरस्वरूप उक्त सैन्य कारबाही गरिएको जनाएको छ।

सेन्टकमका अनुसार अमेरिकी सेनाले होर्मुज जलडमरूमध्य तथा आसपासका क्षेत्रमा रहेका इरानका हवाई प्रतिरक्षा प्रणाली, कमान्ड तथा नियन्त्रण नेटवर्क, तटीय रडार केन्द्र, विमानविरोधी क्षेप्यास्त्र प्रणाली र इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का ६० भन्दा बढी साना नौसैनिक जहाजलाई निशाना बनाएको छ।

विज्ञप्तिमा अन्तर्राष्ट्रिय व्यापारिक जलमार्ग प्रयोग गर्ने जहाजहरूमाथि इरानले निरन्तर आक्रमण गर्ने क्षमतालाई कमजोर पार्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको उल्लेख गरिएको छ।

सेन्टकमले हालै होर्मुज जलडमरूमध्य हुँदै गइरहेका तीनवटा व्यावसायिक तेल ट्याङ्करमाथि इरानले आक्रमण गरेको पनि दाबी गरेको छ। ती जहाजमा मार्शल द्वीपसमूहको झण्डा बोकेको एम/टी अल-रक्कायत, साउदी अरेबियाको झण्डा बोकेको एम/टी विद्यान र लाइबेरियाको झण्डा बोकेको एम/टी साइप्रस प्रोसपेरिटी रहेका छन्।

यता, इरानका उपविदेशमन्त्रीले अमेरिकी आक्रमणको कडा प्रतिक्रिया जनाउँदै आफ्नो देशले यसको जवाफमा ‘निर्णायक कदम’ चाल्ने चेतावनी दिएका छन्।

अमेरिका र इरानबीच पछिल्ला दिनमा बढ्दो सैन्य तनावका कारण होर्मुज जलडमरूमध्यको सुरक्षा तथा विश्व ऊर्जा आपूर्तिमा थप चुनौती उत्पन्न हुने चिन्ता व्यक्त गरिएको छ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  १ : ५३ बजे

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान