इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुना टोली स्वदेश फिर्ता « Khabarhub

इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुना टोली स्वदेश फिर्ता


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा पहिलोपटक इन्द्रजात्राको अवलोकन गर्न आएका विदेशी नगरका प्रमुख, उपप्रमुखसहितको टोली सोमबार स्वदेश फिर्ता भएको छ ।

भूटानको थिम्पु नगरका प्रमुख आगामी बिहीबार फर्कने कार्यक्रम रहे पनि अन्य नगरका प्रमुखसहितको टोली आज स्वदेश फर्केको हो । इन्द्रजात्रा अवलोकन गर्न गत बिहीबार चीन, भारत, भूटान, जापान, र अमेरिकाका ११ शहरका चार प्रमुख, उपप्रमुखसहित ४१ जना पाहुना नेपाल आएका थिए ।

विदेशी पाहुनाहरुले काठमाडौँ उपत्यकाको सांस्कृतिक परिचय र जीवन्त चालचलनको उच्च प्रशंसा गरेका छन् ।

उनीहरुलाई इन्द्रजात्राको दिन भदौ २७ गते बिहान ९ बजेदेखि १२ बजेसम्म इन्द्रजात्रामा कुमारी रथ यात्रा हुने स्थान र बसन्तपुरमा रहेका बहा, बही, ब्रह्मचक्र महाविहार, मञ्जुश्री नघ महाविहार, ओमबहाल, थानबहा, भीमसेन मन्दिर, सिंहसत्तल, काष्ठमण्डप, मरुहिटी, मरु गणेश, यट्खाबहाल, जनबहाल, आकाश भैरवलगायतका सम्पदाको अवलोकन गराइएको थियो ।

भदौ २८ गते विदेशी पाहुनालाई चन्द्रागिरी, स्वयम्भूस्थित प्राकृतिक विज्ञान सङ्ग्रहालय र स्वयम्भू स्तुप क्षेत्रको अवलोकन गराइएको थियो । भदौ २९ गते भक्तपुर र पाटन क्षेत्रको अवलोकन गराइएको थियो । भक्तपुरमा तलेजु भवानी, पचपन्नझ्याले दरवार, दत्तात्रेय मन्दिरसहित दरवार क्षेत्रका मठमन्दिर र पाटनमा सुन्दर चोक, कृष्णमन्दिरसहित हिरण्यवर्ण महाविहारको अवलोकन गराइएको थियो ।

इन्द्रजात्राको गरिमालाई अन्तरराष्ट्रियकरण गर्न महानगरले यस वर्षको इन्द्रजात्रा हेर्न भगिनी सम्बन्ध भएका सबै शहरका प्रमुख र प्रतिनिधिलाई निम्ता गरेको काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ९ : ३६ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।