इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुना टोली स्वदेश फिर्ता | Khabarhub Khabarhub

इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुना टोली स्वदेश फिर्ता


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा पहिलोपटक इन्द्रजात्राको अवलोकन गर्न आएका विदेशी नगरका प्रमुख, उपप्रमुखसहितको टोली सोमबार स्वदेश फिर्ता भएको छ ।

भूटानको थिम्पु नगरका प्रमुख आगामी बिहीबार फर्कने कार्यक्रम रहे पनि अन्य नगरका प्रमुखसहितको टोली आज स्वदेश फर्केको हो । इन्द्रजात्रा अवलोकन गर्न गत बिहीबार चीन, भारत, भूटान, जापान, र अमेरिकाका ११ शहरका चार प्रमुख, उपप्रमुखसहित ४१ जना पाहुना नेपाल आएका थिए ।

विदेशी पाहुनाहरुले काठमाडौँ उपत्यकाको सांस्कृतिक परिचय र जीवन्त चालचलनको उच्च प्रशंसा गरेका छन् ।

उनीहरुलाई इन्द्रजात्राको दिन भदौ २७ गते बिहान ९ बजेदेखि १२ बजेसम्म इन्द्रजात्रामा कुमारी रथ यात्रा हुने स्थान र बसन्तपुरमा रहेका बहा, बही, ब्रह्मचक्र महाविहार, मञ्जुश्री नघ महाविहार, ओमबहाल, थानबहा, भीमसेन मन्दिर, सिंहसत्तल, काष्ठमण्डप, मरुहिटी, मरु गणेश, यट्खाबहाल, जनबहाल, आकाश भैरवलगायतका सम्पदाको अवलोकन गराइएको थियो ।

भदौ २८ गते विदेशी पाहुनालाई चन्द्रागिरी, स्वयम्भूस्थित प्राकृतिक विज्ञान सङ्ग्रहालय र स्वयम्भू स्तुप क्षेत्रको अवलोकन गराइएको थियो । भदौ २९ गते भक्तपुर र पाटन क्षेत्रको अवलोकन गराइएको थियो । भक्तपुरमा तलेजु भवानी, पचपन्नझ्याले दरवार, दत्तात्रेय मन्दिरसहित दरवार क्षेत्रका मठमन्दिर र पाटनमा सुन्दर चोक, कृष्णमन्दिरसहित हिरण्यवर्ण महाविहारको अवलोकन गराइएको थियो ।

इन्द्रजात्राको गरिमालाई अन्तरराष्ट्रियकरण गर्न महानगरले यस वर्षको इन्द्रजात्रा हेर्न भगिनी सम्बन्ध भएका सबै शहरका प्रमुख र प्रतिनिधिलाई निम्ता गरेको काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ९ : ३६ बजे

परारष्ट्रमन्त्री डा. राणा र भियतनामका उपराष्ट्रपतिबीच भेट

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग

चुरियामाई सुरुङमार्ग : आठ महिनामा तीन हजारभन्दा बढीले गरे अवलोकन

बागमती– दक्षिण एसियाकै पहिलो मानिएको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग

ढल्केवर– जनकपुर– जटही सडकमा विद्युतीकरण

जनकपुरधाम– ढल्केवर– जनकपुर– जटही ३५ किलोमिटर सडकमा रु चार करोड

स्पेसएक्सद्वारा २४ वटा स्टारलिङ्क स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण

लस एन्जल्स- अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार २४ वटा

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं– नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर