नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित « Khabarhub

नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको चौंथो खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको छ ।

मंगलबार राति भएको खेलमा नेपाल बलियो टिम जोर्डनसँग ३–० ले पराजित भएको हो । पहिलो हाफमा राम्रो खेलेको नेपाल दोस्रो हाफमा लय गुमाउन पुग्दा ३ गोल खान पुग्यो।

घरेलु मैदानमा जोर्डनलाई जित दिलाउन फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले समान एक–एक गोल गरे । जोर्डनलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो ।

अम्मान अन्तराष्ट्रिय रंगशालामा खेलको ५६ औं मिनेटमा फेरासले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । नेपालका डिफेन्डर दिनेश राजवंशीले जोर्डनका खेलाडीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा फेरासले सहजै गोल गरे ।

यस्तै खेलको ८७ औं मिनेटमा अहमेदले चिप गोल गर्दै जोर्डनलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८८ औं मिनेटमा फैसलले हेड गोल गर्दै जोर्डनलाई ३–० को सहज जित दिलाए ।

नेपाललाई हराएसँगै छनोटको समूह बी को जोर्डनले ३ खेलमा ७ अंक जोडेको छ । जोर्डन समूहको दोस्रो स्थानमा छ । छनोटमा तेस्रो हार ब्यहोरेको नेपालले भने ४ खेलमा ३ अंक जोडेको छ। नेपाल समूहको चौंथो स्थानमा छ । यस समूहमा ३ खेलमा अपराजित अष्ट्रेलिया ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ६ : ०४ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता