स्वीडेनसँग बराबरी खेल्दै स्पेन युरोकपमा छनोट « Khabarhub

स्वीडेनसँग बराबरी खेल्दै स्पेन युरोकपमा छनोट


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्वीडेनसँग बराबरी खेल्दै स्पेन अर्को वर्ष हुने युरोकप फुटबलका लागि छनोट भएको छ ।
मंगलबार राति समुह एफको खेलमा स्वीडेनसंग १–१ गोलको बराबरी खेल्दै स्पेन युरोकपका लागि छानिएको हो ।

स्पेनलाई छनोट हुन मात्र १ अंकको आवश्यकता थियो । गएराति भएको खेलमा उसले स्वीडनसँग बराबरी खेल्दै १ अंक जोडेको हो ।

खेलमा अग्रता स्वीडेनले लिएको थियो । खेलको ५० औ मिनेटमा मार्कस बर्गले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए पनि अग्रता जोगाउन सकेनन् । दोस्रो हाफको ईन्जुरी समयमा रोड्रिगोले गोल गर्दै स्पेनको अंक जोडेका थिए ।

दोस्रो हाफमा घाइते भएपनि मैदान छाड्नु अघि स्पेनका गोलकिपर डेभिड डी जियाले रोबिन क्वेसनको उत्कृष्ट हेडको बचाउ गरेका थिए ।
समुह एफबाट स्पेनले ८ खेलबाट २० अंक जोड्यो । स्पेनले दुई खेल बाँकी छदाँ तेस्रो स्थानको रोमानियासंग ६ अंकको अग्रता लिएको हो । स्पेन युरोकपमा छनोट हुने छैटौ टिम बनेको छ । यसअघि बेल्जियम, ईटाली, रुस, पोल्याण्ड र युक्रेन प्रतियोगितामा छनोट भइसकेका छन् । युरोकपमा स्पेन तीन पटकको विजेता टोली हो ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ६ : ४६ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता