महिला टी-२० क्रिकेटको उद्घाटन खेलमा काठमाडौं क्विन्स र चितवन राइनोज भिड्दै | Khabarhub Khabarhub

महिला टी-२० क्रिकेटको उद्घाटन खेलमा काठमाडौं क्विन्स र चितवन राइनोज भिड्दै


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक हुन लागेको महिला टि–२० च्याम्पियन्स लिग (डब्लुसीएल) क्रिकेट आजबाट शुरु हुँदैछ ।

प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा काठमाडौं क्विन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । क्विन्स इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको महिला क्रिकेटका खेल कीर्तिपुर क्रिकेट मैदानमा हुनेछन् ।

बिहान साढे ११ बजेबाट शुरु हुने खेलको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले गर्नेछन् । प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउने सार्वजनिक भइसकेको छ । यस्तै ब्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीले ५० हजार र एक थान टिभिएस स्कुटर पाउनेछन ।

यस्तै बेष्ट बलर र बेष्ट ब्याटरले २५–२५ हजार रुपैयाँ तथा ओमन अफ दि म्याचले पाँच हजार रुपैयाँ हात पार्ने छन् ।

कार्तिक सात गतेसम्म चल्ने प्रतियोगिताको दोस्रो खेलमा क्याट क्विन्स र पोखरा पल्टन भिड्नेछन् ।

प्रतियोगितामा सहभागिता जनाउने टिममा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल्स रोयल्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्स रहेका छन् ।

लिग चरणको उद्घाटन हुने दिन बाहेक अन्य दिन २–२ वटा खेल हुनेछन् । (डब्लुसीएल) टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको ट्रफी मंगलबार सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ७ : ०७ बजे

टुँडिखेलमा महानगरपालिकाको सीप मेला (फोटो फिचर)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा सिप मेला सञ्चालन गरिरहेको छ

नेपालगञ्ज नाकाबाट नौ महिनामा ७० करोड बढीको जडिबुटी निकासी

खजुरा– जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब 

गण्डकीमा खगराजलाई कसरी जुट्छ विश्वासको मत? संविधानविदबीच मतान्तर

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिँदै

कोशी सरकार वैशाख २५ सम्म टिकाउन प्रयास गर्छौँ : कांग्रेस 

काठमाडौं– नेपाली कांग्रेस कोशी संसदीय दलका नेताले वैशाख २५ गतेसम्म