नगदसहित सात जुवाडे पक्राउ « Khabarhub

नगदसहित सात जुवाडे पक्राउ


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवत- चितवनमा नगदसहित जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२ बालकुमारी रोडबाट मङ्गलबार जुवातास खेल्ने र खेलाउने सात जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको हो ।

तनहुँ घर भई भरतपुर–२ मा डेरा गरी बस्ने ३५ वर्षीय राजेशकुमार विकले सोही घरको तेस्रो तलाको आफ्नै कोठामा जुवातास खेलाइरहेको अवस्थामा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबाट ७८ हजार ५ सय ५ सहित नियन्त्रणमा लिई कानूनी कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ का ३५ वर्षीय राजेश विक, भरतपुर–१ का ३५ वर्षीय कपिल गुरुङ, भरतपुर–१ कै ३५ वर्षीय सरोज पोखरेल, भरतपुर–२ क्षेत्रपुरका ३१ वर्षीय विशाल लामा, गैँडाकोट–९ का ३४ वर्षीय कर्म गुरुङ, भरतपुर–१ का ३५ वर्षीय राजन ठकुरी र लमजुङका ३२ वर्षीय एडेन गुरुङ प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ९ : ०२ बजे

भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा

वीरगन्ज– भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको

‘संविधान पूर्ण कार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक’

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

नयाँदिल्ली- भारत र भुटानले ऊर्जा परियोजनाका लागि चार हजार करोड भारतीय

राष्ट्रिय मुक्ति पार्टीका महासचिव झासहित नौ नेता पार्टीबाट अलगिए

काठमाडौं – राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता