क्यान अध्यक्षको बलिङमा राखेप सदस्यसचिवले व्याटिङ गर्दै वुमन्स च्याम्पियनसिप शुरु « Khabarhub

क्यान अध्यक्षको बलिङमा राखेप सदस्यसचिवले व्याटिङ गर्दै वुमन्स च्याम्पियनसिप शुरु


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक वुमन्स च्याम्पियनसिप शुरु भएको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपाल क्रिकेट संघ (क्यानका) अध्यक्ष चतुरबहादुर चन्दको बलिङमा राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिव रमेश कुमार सिलवालले ब्याटिङ गर्दै लिगको उद्घाटन गरेका थिए ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा देशभरका ५ शहरका ५ टिम सहभागी छन् ।

प्रतियोगितामा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा २९ गते काठमाडौं क्विन्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन् । लिग चरणको उद्घाटन हुने दिन बाहेक अन्य दिन २–२ वटा खेल हुनेछन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

महिला टि–२० क्रिकेट लिगको विजेता टोलीले ७ लाख पाउने छन् ।

आयोजक क्विन्स इभेन्ट मेनेजमेन्टको आयोजनामा असोज २९ गतेदेखि कात्तिक ७ गतेसम्म आयोजनक हुने वुमन्स च्याम्पियन्स लिग टी–२० क्रिकेट प्रतियोगिताको विजेताको ७ लाख पाउँदा उपविजेताले ३ लाख पाउनेछन् ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १२ : ५० बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका