अवार्डमा ‘टप ३’ मा पुर्‍याइदिने भन्दै महासचिवले यौन हि‌ंसा गरेको गायिकाको आरोप ! « Khabarhub

अवार्डमा ‘टप ३’ मा पुर्‍याइदिने भन्दै महासचिवले यौन हि‌ंसा गरेको गायिकाको आरोप !


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार छिरिङ डोमा शेर्पा ‘जेन्निफर’ ले कलाकार संघ, युएसएका वर्तमान अध्यक्ष तथा ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्युओर्क २०१९’ आयोजक संस्थाका महासचिव सुमन बुढामगरविरुद्ध यौन हिंसा गरेको आरोप लगाएकी छिन् । शेर्पाले आफूलाई इमोसनल ब्ल्याकमेलिङ गर्दै यौनिक ह्यारासमेन्ट गर्न खोजेको आरोप लगाएपछि आयोजकले बुढामगरलाई निलम्बन गरेको छ ।

जेन्निफरले आफूमाथि ‘बज्रपात’ खसेको भन्दै सहयोगका लागि आह्वान समेत गरेकी छिन् । उनले बुढामगरले आफूलाई उत्कृष्ट ३ मा पुर्‍याउन सहयोग गर्छु भन्दै हेलिकोप्टरमा पोखरा र मनाङ जान प्रस्ताव गरेको पनि सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छिन् । उनले आफूले अस्वीकार गरेपछि उल्टो सामाजिक सञ्जालबाट सुमन बुढामगरले ब्लक गरेको आरोप लगाएकी छिन् ।

‘यतिका दिनदेखि मैले गरेको दुःख, मेहनत, खर्च गरेको समय, पैसा, तपाईंहरुको साथ सहयोग सबै पानीमा मिलेको छ, अब मैले न्याय खोज्न कहाँ जाने, यस्तो व्यक्तिलाई के सजाय दिने?,’ उनले भनेकी छिन् ।

जेन्निफरले यौन हिंसाको आरोप लगाएपछि नेपाली म्युजिक अवार्ड २०१९ को आयोजक अल्र्ड कनेक्सन युएसएले एक विज्ञप्ति जारी गर्दै बुढामगरलाई आयोजक समितिबाट बर्खास्त गरेको जनाएको हो ।

‘अवार्ड कार्यक्रमको व्यवस्थापकको रुपमा रहनुभएका तपाईं श्री सुमन बुढालाई अवार्डको मूल समितिबाट निलम्बन गरिएको छ, अवार्डसँग जोडिएर श्री सुमन बुढालाई लागेको गम्भीर आरोपप्रति हामीले निरन्तर सम्पर्क गर्न खोज्दा पनि सम्पर्कविहीन भएको निजलाई आजको मितिबाट यस अवार्डको मूल समितिबाट निर्दोष साबित नभएसम्म निलम्बन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यता बुढामगरलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १ : २७ बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज