काठमाडौं क्विन्सद्वारा चितवन राइनोज सामू ९३ रनको लक्ष्य « Khabarhub

काठमाडौं क्विन्सद्वारा चितवन राइनोज सामू ९३ रनको लक्ष्य


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजदेखि शुरु भएको वुमन्स च्याम्पियन्स लिगको उद्घाटन खेलमा काठमाडौं क्विन्सले चितवन राइनोजलाई ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले निर्धारित २० ओरभ खेल्दै सबै विकेट विकेट गुमाएर ९२ रन बनाएको हो ।

चितवन राइनोजका बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा काठमाडौंका ब्याटरहरु निरीह देखिए ।

जसमा काठमाडौंका लागि ओपनिङ ब्याटर रश्मी चौलागाईले ३४ रन बनाएकी थिइन् । उनले २५ बलमा ७ चौकाको मद्दतमा उक्त रन जोडेकि हुन् भने सरस्वी कुमारीले १५ रन बनाउँदा अन्य ब्याटरहरुले राम्रो रन जोड्न सकेन् । जसमा ९ जनाले दोशोरो अंक जोड्न सकेनन् ।

काठमाडौं विरुद्ध सन्तोषी चौधरीले ३ विकेट लिँदा रेखा रावल र कविता गौतमले समान २–२ विकेट लिइन् भने रितु कनौजियाले एक विकेट हात पारिन् ।

आजदेखि शुरु भएको प्रतियोगिता भदौ ७ गतेसम्म चल्नेछ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवाल र क्यानका नवनिर्वाचित अध्यक्ष चतुर बहादुर चन्दले गरेका हुन् ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै