चेम्बरको व्यापारिक प्रतिनिधीमण्डल भारत प्रस्थान « Khabarhub

चेम्बरको व्यापारिक प्रतिनिधीमण्डल भारत प्रस्थान


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चेम्बरको व्यापारिक प्रतिनिधीमण्डल “नयाँ दिल्ली रिर्भस बायर सेलर मिट २०१९” र “भाइब्रेण्ट गोवा ग्लोबल एक्स्पो २०१९” गोवामा सहभागि हुन भारत प्रस्थान गरेको छ ।

भारतको नयाँ दिल्लीमा अक्टोबर १७ देखि १९ सम्म हुने रिभर्स बायर सेलर मिट २०१९ र भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो एण्ड समिट २०१९ मा भाग लिन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा २५ सदस्यिय प्रतिनिधी मण्डल नयाँ दिल्लीमा र ३८ सदस्यिय प्रतिनिधीमण्डल गोवामा आज विहान प्रस्थान गरेको छ ।

स्मरणीय छ १७ वटा रोड सो विभिन्न मुलुकमा गरि १८ औं गोवा एक्स्पो रोड सो नेपालमा गर्ने क्रममा भाइब्रेण्ट गोवा टोलिले गत भदौमा नेपाल चेम्बर अफ कमर्शको सचिवालय जमलमा आफ्नो प्रस्तुती प्रस्तुत गरेको थियो ।

नयाँ दिल्लीमा हुने “रिभर्स बायर सेलर मिट २०१९”मा उद्योग, व्यापार सञ्चालनका लागि क्रेता र बिक्रेताहरुबिच समन्वय र सहकार्य गर्ने मौका मिल्ने भएकाले चेम्बर अफ कमर्सबाट उद्यमी व्यवसायीहरुको सहभागिता भएको छ ।

गोवा राज्यमा भएका उद्योग एंव व्यवसाय जगतको सबल पक्ष देखाउने सुवर्ण अवसर भएको र यसबाट व्यवसायीक अवसर प्राप्त भई व्यवसाय तथा ज्ञानको आदान प्रदान गर्न करिब १२ मुलुक र भारतका २० प्रान्तका उद्योगी व्यवसायीको सहभागिता हुने छ ।

सो एक्स्पोमा कृषि तथा खाद्य प्रसोधन, निर्माण व्यवसाय, हल्का इञ्जिनियरिङ, फर्मा तथा बायोटेक, पर्यटन र मेडिकल टुरिजम, जल परिबहन, सूचना प्रविधि, शिक्षा, मनोरञ्जन, वेडिङ तथा फिल्म डेष्टिनेशन आदी क्षेत्र समावेश भएकोले नेपाली उद्यमी व्यवसायी सो एक्स्पोमा भाग लिन आज गोवातर्फ प्रस्थान गरेको छ ।

गोवामा हुने सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले भूपरिवेष्ठित विकाशोन्मुख मुलुकहरुमा देखिएका अवसर र चूनौती विषयमा प्रस्तुती गर्नुहुने कार्यक्रम रहेको छ ।

नयाँ दिल्लीको प्रतिनिधिमण्डलमा चेम्बरका सदस्य, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरु, उद्यमी, व्यवशायीहरुको सहभागिता रहेको छ भने गोवाको प्रतिनिधिमण्डलमा चेम्बर सदस्य, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरु, उद्यमी, व्यवशायीहरु, प्रदेश ५ का संसद सदस्य माननीय भोज प्रसाद श्रेष्ठ, ५ नम्बर प्रदेशका विभिन्न नगरपालिकाका उपमेयरहरुको समेत सहभागिता रहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ३ : ३८ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना