चेम्बरको व्यापारिक प्रतिनिधीमण्डल भारत प्रस्थान | Khabarhub Khabarhub

चेम्बरको व्यापारिक प्रतिनिधीमण्डल भारत प्रस्थान


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चेम्बरको व्यापारिक प्रतिनिधीमण्डल “नयाँ दिल्ली रिर्भस बायर सेलर मिट २०१९” र “भाइब्रेण्ट गोवा ग्लोबल एक्स्पो २०१९” गोवामा सहभागि हुन भारत प्रस्थान गरेको छ ।

भारतको नयाँ दिल्लीमा अक्टोबर १७ देखि १९ सम्म हुने रिभर्स बायर सेलर मिट २०१९ र भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो एण्ड समिट २०१९ मा भाग लिन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा २५ सदस्यिय प्रतिनिधी मण्डल नयाँ दिल्लीमा र ३८ सदस्यिय प्रतिनिधीमण्डल गोवामा आज विहान प्रस्थान गरेको छ ।

स्मरणीय छ १७ वटा रोड सो विभिन्न मुलुकमा गरि १८ औं गोवा एक्स्पो रोड सो नेपालमा गर्ने क्रममा भाइब्रेण्ट गोवा टोलिले गत भदौमा नेपाल चेम्बर अफ कमर्शको सचिवालय जमलमा आफ्नो प्रस्तुती प्रस्तुत गरेको थियो ।

नयाँ दिल्लीमा हुने “रिभर्स बायर सेलर मिट २०१९”मा उद्योग, व्यापार सञ्चालनका लागि क्रेता र बिक्रेताहरुबिच समन्वय र सहकार्य गर्ने मौका मिल्ने भएकाले चेम्बर अफ कमर्सबाट उद्यमी व्यवसायीहरुको सहभागिता भएको छ ।

गोवा राज्यमा भएका उद्योग एंव व्यवसाय जगतको सबल पक्ष देखाउने सुवर्ण अवसर भएको र यसबाट व्यवसायीक अवसर प्राप्त भई व्यवसाय तथा ज्ञानको आदान प्रदान गर्न करिब १२ मुलुक र भारतका २० प्रान्तका उद्योगी व्यवसायीको सहभागिता हुने छ ।

सो एक्स्पोमा कृषि तथा खाद्य प्रसोधन, निर्माण व्यवसाय, हल्का इञ्जिनियरिङ, फर्मा तथा बायोटेक, पर्यटन र मेडिकल टुरिजम, जल परिबहन, सूचना प्रविधि, शिक्षा, मनोरञ्जन, वेडिङ तथा फिल्म डेष्टिनेशन आदी क्षेत्र समावेश भएकोले नेपाली उद्यमी व्यवसायी सो एक्स्पोमा भाग लिन आज गोवातर्फ प्रस्थान गरेको छ ।

गोवामा हुने सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले भूपरिवेष्ठित विकाशोन्मुख मुलुकहरुमा देखिएका अवसर र चूनौती विषयमा प्रस्तुती गर्नुहुने कार्यक्रम रहेको छ ।

नयाँ दिल्लीको प्रतिनिधिमण्डलमा चेम्बरका सदस्य, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरु, उद्यमी, व्यवशायीहरुको सहभागिता रहेको छ भने गोवाको प्रतिनिधिमण्डलमा चेम्बर सदस्य, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरु, उद्यमी, व्यवशायीहरु, प्रदेश ५ का संसद सदस्य माननीय भोज प्रसाद श्रेष्ठ, ५ नम्बर प्रदेशका विभिन्न नगरपालिकाका उपमेयरहरुको समेत सहभागिता रहेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ३ : ३८ बजे

नेपाल टेलिकमले ल्यायो जीएसएम पोस्टपेडमा सजिलो अनलिमिटेड प्याकेज, भोलिदेखि लागु हुने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा दोहोरिने सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ

एमाले बैठकमा ‘सिंहदरबार संसद् भवन जलाउन प्रयोग भएको’ म्याग्नेशियम र सोडियमको चर्चा

काठमाडौं- नेकपा एमालेभित्रकै मानिसहरूलाई म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग गरिएको

प्रचण्डको निष्कर्ष : यति धेरै धनजनको क्षति हुँदा पनि ओली पश्‍चाताप गर्न तयार भएको देखिएन

चितवन- नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

भद्रपुर– यहाँस्थित मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा

निर्धारित समयमा निष्पक्ष निर्वाचन गर्नका लागि सरकार बनेको हो : गृहमन्त्री 

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि