वुमन्स लिगमा चितवनको सुखद् शुरुवात « Khabarhub

वुमन्स लिगमा चितवनको सुखद् शुरुवात


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजदेखि शुरु भएको वुमन्स च्याम्पियन्स लिगको उद्घाटन खेलमा चितवन राइनोज वुमन्सले जित हात पारेको छ ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजले काठमाडौं क्विन्सलाई ५ विकेटले पराजित गर्यो ।

काठमाडौंले दिएको ९३ रनको लक्ष्य चितवनले  १८. ३ ओरभमा ५ विकेट गुमाएर पुरा गर्यो ।

चितवनका लागि सुमन खतिवडाले  २९ रन बनाउँदा पिरता कनौजियाले १४ रन र काजल श्रेष्ठले ११ रन बनाउँदा नटआउट रहेकी प्रीया चौधरीले २४ रन बनाइन् ।

यता चितवनविरुद्ध बलिङ गरेको काठमाडौंका लागि इश्वरी बिष्टले २ विकेट लिइन् भने लक्ष्मी साउद, सरस्वती कुमारी र संगिता राईले समान एक–एक विकेट लिएकी थिइन् ।यसअघि पहिलो ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओरभ खेल्दै सबै विकेट विकेट गुमाएर ९२ रन मात्रै बनाएको थियो ।

जसमा काठमाडौंका लागि ओपनिङ ब्याटर रश्मी चौलागाईले ३४ रन बनाएकी थिइन् । उनले २५ बलमा ७ चौकाको मद्दतमा उक्त रन जोडेकि हुन् भने सरस्वी कुमारीले १५ रन बनाउँदा अन्य ब्याटरहरुले राम्रो रन जोड्न सकेन् । जसमा ९ जनाले दोशोरो अंक जोड्न सकेनन् ।

काठमाडौं विरुद्ध सन्तोषी चौधरीले ३ विकेट लिँदा रेखा रावल र कविता गौतमले समान २–२ विकेट लिइन् भने रितु कनौजियाले एक विकेट हात पारिन् ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ३ : ५५ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका