नेपाललाई ‘फ्युचर पोलिसी सिल्भर अवार्ड’ « Khabarhub

नेपाललाई ‘फ्युचर पोलिसी सिल्भर अवार्ड’


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवा सहभागिता र अधिकार बारेमा नेपालको संविधान २०१५ ले अंगिकार गरेको व्यवस्थालाई पहिचान गर्दै नेपालले ‘फ्युचर पोलिसी सिल्भर अवार्ड २०१९’ प्राप्त गरेको छ ।

दिगो विकास र शान्तिका लागि सहभागितामा संविधान तथा कानूनी रुपमा सफलता हासिल गरेकोमा नेपाललाई सो अवार्ड प्रदान गरिएको हो ।

सर्बियाको राजधानी बेलग्रेड अन्तर-व्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनका अवसरमा आयोजित एक विशेष कार्यक्रमका बीच राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालाई नेपालले प्राप्त गरेको अवार्ड प्रदान गरेका छन् ।

वर्ल्ड फ्यूचर काउन्सिलले आईपीयू र संयुक्त राष्ट्रसंघ विकास नियोग (यूएनडीपी)सँगको सहकार्यमा नेपालसँगै रुवान्डा, स्टोनिया, स्कटल्याण्ड, दक्षिण अफ्रिकालगायत आठ मुलुकलाई विभिन्न अवार्ड प्रदान गरेको हो ।

नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्वन्द्व व्यवस्थापनमा हासिल गरेको सफलतालाई पहिचान गरी अवार्ड प्रदान गरिएको वर्ल्ड फ्यूचर काउन्सिलले जनाएको छ ।

कानूनमा युवा सहभागीता, सशक्तिकरण, विभेद अन्त्यको सुनिश्चितता, स्वच्छ वातावरणको सुनिश्चिततालगायतका कानूनी व्यवस्था उदाहरणीय भएको काउन्सिलले उल्लेख गरेको छ।

त्यसैगरी युवाका लागि राष्ट्रिय युवा नीति निर्माण गरी राष्ट्रिय युवा परिषद् गठनलाई पनि नेपालको युवा अधिकार बारेको उपलब्धी भनिएको छ ।

नेपालको तर्फबाट अर्वाड ग्रहण गरेपछि अध्यक्ष तिमिल्सिनाले शसस्त्र द्वन्द्वको मौलिक समाधान गर्दै जनप्रतिनिधिमार्फत निर्माण गरेको संविधान विश्वकै नमुना भएको बताउनुभयो ।

अवार्ड बारे धन्यवाद व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘मौलिक अधिकारको बिस्तृत व्यवस्था खासगरी बालबालिका, युवा, महिलाहरुका विषयलाई अन्तर्राष्ट्रिय सद्भावको रुपमा लिएका छौं । यस अवार्डले राज्यको अग्रगामी पुनर्संरचना, समन्यायीक तथा दिगो विकाससम्बन्धी हाम्रो नीति कार्यन्वयनमा थप प्रोत्साहित गर्ने छ।’

अध्यक्ष तिमिल्सिनाले नेपालको संविधानले मौलिक अधिकारमार्फत युवाहरुको भविष्य र प्रगती पथलाई सुनिश्चित गरेको सो अवसरमा जानकारी गराउनुभयो ।

‘नेपालको संविधानले शिक्षा, स्वास्थ्य सेवा, रोजगारी, स्वच्छ वातावरण र खाद्य सम्प्रभुता नेपालीको मौलिक हकका रुपमा व्याख्या गरेको छ। यो हाम्रो उपलब्धी हो,’ उहाँले भन्नुभयो ।

अवार्ड वितरण कार्यक्रममा नेपालको तर्फबाट अध्यक्ष तिमिल्सिनासँगै आईपीयू सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डका सदस्यहरु, सर्बियाका लागि नेपाली राजदूत रमेशप्रसाद खनाल सहभागी हुनुभएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ८ : ३२ बजे

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

भद्रपुर– भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर