बढैयाताल-२ : बालबिवाह मुक्त वडा घोषणा « Khabarhub

बढैयाताल-२ : बालबिवाह मुक्त वडा घोषणा


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दिया- बढैयाताल गाउँपालिकाको २ नं. वडा बर्दिया जिल्लाकै पहिलो बालविवाह मुक्त वडा घोषणा भएको छ।

एक कार्यक्रमकाबीच बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले वडा नम्बर २ लाई बालबिवाह मुक्त घोषणा गरे ।

अध्यक्ष श्रेष्ठले अन्य केही वडालाई पनि अबको केही महिना भित्र बालबिवाह मुक्त घोषणा गर्ने तयारी भई रहेको बताउँदै दुई वर्ष भित्र बढैयाताल गाउँपालिकालाई पूर्णरुपमा बालबिवाह मुक्त गरिसक्ने प्रतिबद्धता जनाए ।

वालविवाह मुक्त गाउँपालिका बनाउनका लागि भौतिक पुर्वाधारसँगै सामाजिक क्षेत्र विकासलाई पनि प्रमुख प्राथमिकतामा राखेर योजना बनाइएको र गाउँपालिकाको ८१ करोड बजेट मध्ये शिक्षा क्षेत्रमा मात्रै २१ करोड बजेट छुटयाइएको अध्यक्ष श्रेष्ठले दावी छ ।

नेपाल सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ ले पनि सन् २०३० सम्म नेपालबाट बाल विवाह अन्त्य गर्ने मुख्य लक्ष्य लिएको छ । सोही लक्ष्य अनुसार ‘विहावारी २० बर्ष पारी’ नारा दिदै नेपालले सन् २०३० सम्ममा नेपाललाई बालविवाह मुक्त देश बनाई सक्ने घोषणा गरेको छ ।

बढैयाताल गाउँपालिकाले तीन वर्ष अधिदेखि आवाज संस्थासंग सहकार्य गर्दै बालबिवाह मुक्त क्षेत्र घोषणा गर्न बिद्यालय र समुदायमा बिभिन्न कार्यक्रम गरिरहेको छ ।

नेपालको संविधान र बालबालिका सम्बनधी ऐन २०७५ले बालबालिकाको हकमा वालविवाहलाई निषेध गरिसकेको र यसको उन्मुलनको लागि सरकारले अभियान पनि शुरु गरिसकेकाले सरकारको अभियानलाई पुर्णता दिन सहजिकरणको भुमिकामा आवाज संस्थाले काम गरिरहेको उक्त संस्थाका परियोजना संयोजक चेतन गिरीले बताए ।

पालिकासँगको समन्वय र सहकार्यमा पाँच वर्षे रणनितिक योजना बनाएर काम गरिरहेको र अवको दुई वर्षमा बढैयाताल गाउँपालिका पुर्ण रुपमा बालविवाह मुक्त हुने विश्वास ब्यक्त गरे । दुई बर्षअघि सो वडामा गरिएको सर्वेक्षणमा १३ देखी १८ बर्ष उमेर समूहका ९५ प्रतिशतले वालविवाह गरेको तथ्यांक छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ६ : १६ बजे

तेहरानसहित इरानका विभिन्न शहरमा उग्र प्रदर्शन

तेहरान– इरानको राजधानी तेहरानसहित देशका विभिन्न शहरमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी

श्रमदान गरेर चौतारी पुनर्निर्माण गरिँदै

पर्वत– पछिल्लो समय सडक विस्तार, बाँदर आतंक, धार्मिक आस्थामा कमीलगायतका

देवघाटमा झोलुङ्गे पुल मर्मत

नारायणगढ– माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा पुल

अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल

काठमाडौं– युक्रेन–रुस युद्ध रोक्न अमेरिकाले अघि सारेको प्रस्तावित ‘पीस प्लान’लाई

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा