ऐतिहासिक सिन्धुलीगढीका सम्पदा सङ्कटमा « Khabarhub

ऐतिहासिक सिन्धुलीगढीका सम्पदा सङ्कटमा


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- पुरातात्त्विक महत्त्व एवं सम्पदा संरक्षणको ख्याल नगरी पर्यटन विकासको पहल थालिँदा ऐतिहासिक सिन्धुलीगढी सम्पदा सङ्कटमा परेको छ।

गढीको ऐतिहासिक एवं पुरातात्त्विक महत्त्व र सम्पदा सङ्कटमा पर्दै गएकोमा पुरातìवविद् एवं इतिहासकारहरू चिन्तित बनेका छन्। सिन्धुलीगढीको ऐतिहासिक गरिमा र महत्त्वलाई बुझ्न नसकिएको भन्दै इतिहासकार प्रा. दिनेशराज पन्तले चिन्ता गरे ।

उनले भने, ‘ऐतिहासिक स्थल र सम्पदा बरु त्यत्तिकै रहनु ठीक छ। ऐतिहासिक सम्पदा स्थलमाथि नयाँ निर्माणको शिलान्यास गर्नु भनेको सम्पदाको अन्त्य गर्नु हो।’ पर्यटन विकासका नाममा ऐतिहासिक सम्पदामाथि बेवास्ता भएको पन्तको भनाई छ ।

पुरातत्त्व विभागका प्रवक्ता रामबहादुर कुँवरले सिन्धुलीगढी क्षेत्रमा निर्माण भइरहेका सिँढी, प्रतीक्षालय, टहरा, स्तम्भलगायत संरचना पुरातात्त्विक मापदण्डभन्दा बाहिर रहेको बताए । उनले भने, ‘पुराना संरचनालाई पुरेर नयाँ निर्माण गर्न मिल्दैन।’

सिन्धुलीगढीको अवस्था अध्ययनका लागि पुरातìवले कर्मचारी खटाइसकेको र अध्ययनपछि नै थप कारबाही अगाडि बढ्ने उनको भनाई छ ।

सिन्धुलीगढीको विकास र संरक्षणमा लामो समयदेखि पहल हुँदै आएको छ। स्थानीय सरकार गठनपछि कमलामाई नगरपालिकाले पनि गढीको संरक्षण र विकासमा काम गर्दै आएको छ। यद्यपि, विकासका प्रयासहरू पुरातात्त्विक मापदण्डविपरित भएकोमा सम्पदा संरक्षण अभियान्ताहरूले प्रश्न उठाउँदै आएका छन्।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ६ : ३१ बजे

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण