विपन्न परिवारलाई प्रदेश सरकारको घर उपहार « Khabarhub

विपन्न परिवारलाई प्रदेश सरकारको घर उपहार


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुम पूर्वका विपन्न घरपरिवारले ५ नम्बर प्रदेश सरकारको सहयोगमा अब नयाँ घर पाउने भएका छन् ।

आर्थिक अभावका कारण वर्षौदेखि अरुको घरमा शरण लिएर बस्न बाध्य भएका विपन्न परिवारका लागि जनता आवास कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षको बजेटबाट पाँचवटा घर निर्माण भैसकेको र चालु आर्थिक वर्षमा थप ४६ नयाँ घर बन्ने भएका हुन् ।

गत आर्थिक बर्षको बजेटबाट जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका –१२ कोलका रामप्रसाद कामीको नयाँ घर पाएपछि खुसी व्यक्त गरे । आर्थिक अभावका कारण घर बनाउन नसकेको उनको भनाइ छ ।

‘विगत वर्षदेखि छिमेकीको घरमा शरण लिएर बस्न बाध्य थियौँ।’ उनले भने, ‘त्यसभन्दा अगाडि पुख्र्यौली घरमा बस्दै आएकोमा घर पुरानो भएर भत्केपछि समस्या भएको थियो ।’

उनी जस्तै सोही ठाउँकी धनपुरा सुनारले पनि आफ्नै घरबास नभएका कारणले धेरै दुःख कष्टका साथ जीवनयापन गर्दै आएको सुनाए।

शरण लिएर बस्दा सानो ठाउँमा कोचकाच भएर बस्नुपर्ने र अन्नदाना लगायत घरायसी सामाग्री एकै ठाउँमा राख्नु परेको र पाहुना आएका बेलामा ठाउँ अपुग हुने समस्या झेल्दै आएको उनले जानकारी दिए ।

अब भने सरकारले नयाँ घर बनाइदिएपछि पहिले जस्तो दुःख नरहेको उनीहरुको भनाइ छ । कामी र सुनार जस्तै कोलका पाँच विपन्न दलित परिवारलाई नयाँ घर निर्माण गरिएको छ ।

गत आर्थिक बर्षको जनता आवास कार्यक्रम अन्तर्गत रुकुम पूर्वमा प्रदेश ५ सरकारले पाँच विपन्न दलित परिवारका लागि नयाँ घर बनाइदिएको हो । आफ्नै लगानीमा घर बनाउन नसक्नेहरूलाई घर बनाइदिने प्रदेशको योजना अनुसार कोलका पाँच विपन्न दलित परिवार छनोट परेकानुसार नयाँ घर बनाइदिएको प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताए ।

जनता आवास कार्यक्रम अन्तर्गत रुकुम पूर्व प्रदेश निर्वाचन क्षेत्र नम्बर १ मा गत वर्षको बजेटमा पाँच वटा घर निर्माण गरिएको जानकारी दिए ।

घरनिर्माण गर्न प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्रतिघर तीन लाख ३३ हजार रुपियाँका दरले रकम आएको हो । यो कार्यक्रम सहरी विकास तथा भवन डिभिजन कार्यालय दाङले कार्यान्वयन गरिरहेको छ।

पुथाउत्तरगंगा गाउँपालिका –१२ वडा कार्यालयका लेखा तथा प्रशासन सहायक बहादुर बिकका अनुसार पाँच घर नै निर्माण भइसकेकोमा अब प्रदेश सरकारले उनहरूलाई हस्तान्तरण गर्न मात्र बाँकी छ।

गत गत आर्थिक बर्षमा विपन्न दलित परिवारले नयाँ घर पाउनेहरू कोलका मानबहादुर दमाई, धनपुरा सुनार, तिरमाला कामी, रामप्रसाद कामी र तिलपुरी दमाई रहेका छन् ।

उनीहरूको आफ्नै जग्गामा घर बनिरहेको वडा कार्यालयका लेखा तथा प्रशासन सहायक बिकले बताए । उनका अनुसार पक्की हरियो जस्तापाताले छाएको बरन्डासहितका दुई कोठे घर निर्माण गरिएका छन् ।

सरकारले नयाँ घर बनाइ दिएपछि विपन्न दलित परिवार हर्षित भएका छन् ।

यो बर्षमा ४६ घर बन्दै

प्रदेश सांसद् तेजबहादुर ओलीका अनुसार प्रदेश ५ सरकारको निरन्तर जनता आवास कार्यक्रम अन्तर्गत यस आर्थिक वर्षमा रुकुमपूर्वमा ४६ वटा घर निर्माणका लागि बजेट विनियोजन भएको छ ।

जसमा भूमे गाउँपालिकामा १, २ र ९ वडा, सिस्ने गाउँपालिकाको ८ र ४ र पुथा उत्तरगंगा गाउँपालिकाको १, २, ३, ४, र ८ वडाका विपन्न घर परिवारको सर्वेक्षण गर्ने आ–आफ्नो गाउँपालिकामा जिम्मेवारी दिइएको छ । सर्वेक्षणको प्रतिवेदन अनुसार योजना छनोटको मापदण्डका आधारमा ४६ घर परिवारलाई छनोट गरी नयाँ घर निर्माण हुने उनको भनाइ छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ६ : ४८ बजे

चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहार पछि सुरु गरिने (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका

चितवनमा तत्काल बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

चितवन– पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ ।