चर्चित भारतीय क्रिकेटर सचिनले कीर्तिपुरमा क्रिकेट खेले (फोटोफिचर) « Khabarhub

चर्चित भारतीय क्रिकेटर सचिनले कीर्तिपुरमा क्रिकेट खेले (फोटोफिचर)



काठमाडौं- चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरले काठमाडौंको कीर्तिपुर मैदानमा क्रिकेट खेलेका छन् ।

युनिसेफको सद्भावना दूतका रुपमा नेपाल आएका उनले बालबालिका सम्बन्धी महासन्धी पारित भएको ३० औं वर्षगाँठको अवसरमा आयोजित मैत्रीपूर्ण क्रिकेट खेलेका हुन् ।

मैत्रीपूर्ण खेलमा सचिनको टिमसँग नेपाली क्रिकेट टिमका पूर्व कप्तान विनोद दासको टिमले खेलेको छ ।

खेल १० ओभरको खेल सचिन नेतृत्वको टोलीले जितेको छ । टस जितेर बलिङ गरेको सचिनको टोलीलाई नेपाली विनोद दासको टोलीले ४५ रनको चुनौति दिएको थियो ।

दास नेतृत्वको टोलीले दिएको चुनौती सचिन नेतृत्वको टोलीले ६ ओभरमा पूरा गर्दै खेल आफ्नो पक्षमा पारेको छ ।

बाल अधिकार सम्बन्धि महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले उनलाई नेपाल बोलाएको हो ।

उनले  सो मैत्रीपूर्ण खेलका लागि सचिन शुक्रबार राति नेपाल आएका थिए ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ११ : ३६ बजे

सूचनामा विश्वव्यापी पहुँचको लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज

बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद

गण्डकी– कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत,

मेची भन्सारबाट दुई महिनामा दुई अर्ब ८३ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको पहिलो दुई

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको