राजनीति समाज सेवा हुनुपर्नेमा व्यापार हुन थाल्यो : नेता साह | Khabarhub Khabarhub

राजनीति समाज सेवा हुनुपर्नेमा व्यापार हुन थाल्यो : नेता साह


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलैया– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले राजनीतिक स्वेक्छिक समाज सेवा हुनु पर्नेमा आजकल कतिपय ठाऊँमा व्यापार बनाउन थालिएको बताएका छन् ।

नेकपा बाराका नेता अभिमन्यूबहादुर क्षेत्रीको १३ औं पुन्य तिथिको अवसरमा शनिवार जितपुर सिमरा उपमहानगरपालिकाको फतेपुरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा पुर्व मन्त्री समेत रहेका नेता साहले अहिलेको प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त रहेकाले प्रदेशको समृद्धि असम्भव भएको बताए ।

‘प्रदेश २ मा समृद्धि तथा सुशासन कम्युनिष्ट नेतृत्वको प्रदेश सरकारले मात्रै ल्याउँन सक्छ’ साहले भने, ‘अरु त भ्रष्टाचारमा लिप्त छन, कसरी समृद्धि सम्भव छ, अब कम्युनिष्ट नेतृत्वको सरकारको आवश्यक्ता छ ।’

राजनीति राष्ट्र र समाजको सेवाका लागि हुनुपर्ने बताउँदै उनले केही व्यक्तिले राजनीतिको नाममा व्यापारीकरण गरी दुसित बनाएको बताए । समाजमा परिवर्तन ल्याउँनका लागि राजनीति गर्नुपर्नेमा जोड दिदै साहले नाफा कमाउँनेले व्यापार गर्नुपर्ने सुझाव दिए ।

अभिमन्यूबहादुर क्षेत्री कम्युनिष्ट पार्टी र समाजको एक सच्चा समाजसेवी रहेकाले उनको निधनले पार्टी, समाज, राष्ट्रका साथै परिवारलाई ठुलो क्षति पुगेको बताए । समाज सेवालाई निरन्तर्ता दिएका अभिमन्यूबहादुर क्षेत्रीको योगदान उच्च रहेको उनले बताए ।

श्रद्धाञ्जली सभा कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं बारा इन्चार्ज बलबिर चौधरी, केन्द्रीय सदस्य एवं सहइन्चार्ज ज्वालाकुमारी साह, जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, प्रदेश २ सभा सदस्य कुन्दन कुशवाहा, महमद समिर, मुकेश साह, उमेश कुशवाहा, अमर साह , रबि दंगाल, लालकिरण, गिता कडेल, देवनारायण चौधरी, कृष्ण खनाल, प्रेम बराल, लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ३ : १३ बजे

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल