राजनीति समाज सेवा हुनुपर्नेमा व्यापार हुन थाल्यो : नेता साह « Khabarhub

राजनीति समाज सेवा हुनुपर्नेमा व्यापार हुन थाल्यो : नेता साह


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कलैया– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले राजनीतिक स्वेक्छिक समाज सेवा हुनु पर्नेमा आजकल कतिपय ठाऊँमा व्यापार बनाउन थालिएको बताएका छन् ।

नेकपा बाराका नेता अभिमन्यूबहादुर क्षेत्रीको १३ औं पुन्य तिथिको अवसरमा शनिवार जितपुर सिमरा उपमहानगरपालिकाको फतेपुरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा पुर्व मन्त्री समेत रहेका नेता साहले अहिलेको प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त रहेकाले प्रदेशको समृद्धि असम्भव भएको बताए ।

‘प्रदेश २ मा समृद्धि तथा सुशासन कम्युनिष्ट नेतृत्वको प्रदेश सरकारले मात्रै ल्याउँन सक्छ’ साहले भने, ‘अरु त भ्रष्टाचारमा लिप्त छन, कसरी समृद्धि सम्भव छ, अब कम्युनिष्ट नेतृत्वको सरकारको आवश्यक्ता छ ।’

राजनीति राष्ट्र र समाजको सेवाका लागि हुनुपर्ने बताउँदै उनले केही व्यक्तिले राजनीतिको नाममा व्यापारीकरण गरी दुसित बनाएको बताए । समाजमा परिवर्तन ल्याउँनका लागि राजनीति गर्नुपर्नेमा जोड दिदै साहले नाफा कमाउँनेले व्यापार गर्नुपर्ने सुझाव दिए ।

अभिमन्यूबहादुर क्षेत्री कम्युनिष्ट पार्टी र समाजको एक सच्चा समाजसेवी रहेकाले उनको निधनले पार्टी, समाज, राष्ट्रका साथै परिवारलाई ठुलो क्षति पुगेको बताए । समाज सेवालाई निरन्तर्ता दिएका अभिमन्यूबहादुर क्षेत्रीको योगदान उच्च रहेको उनले बताए ।

श्रद्धाञ्जली सभा कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं बारा इन्चार्ज बलबिर चौधरी, केन्द्रीय सदस्य एवं सहइन्चार्ज ज्वालाकुमारी साह, जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, प्रदेश २ सभा सदस्य कुन्दन कुशवाहा, महमद समिर, मुकेश साह, उमेश कुशवाहा, अमर साह , रबि दंगाल, लालकिरण, गिता कडेल, देवनारायण चौधरी, कृष्ण खनाल, प्रेम बराल, लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ३ : १३ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका