कम उमेरमै धनीको सूचीमा परेकी ईशा अम्बानी एक्लैले जोडिन् यति सम्पत्ति « Khabarhub

कम उमेरमै धनीको सूचीमा परेकी ईशा अम्बानी एक्लैले जोडिन् यति सम्पत्ति


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी भारतकी सबैभन्दा व्यापारी मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।

ईशा अम्बानी फिल्म ‘ब्याटल अफ सारागढी’ मा करण जौहरसँगै प्रोड्युशरको रुपमा देखिने भएकी हुन् । फिल्ममा अक्षय कुमारको मूख्य भूमिका रहनेछ । उनले अक्षय कुमार र करण जौहरसँगको मिटिङमा उक्त प्रोजेक्ट मन परेको बताएकी थिइन् ।

ईशा अम्बानी देशको सबैभन्दा धनि र सफल ‘बिजनेस वुमेन’ हुन् । गएको वर्ष उनको आनन्द प्रिरामलसँग विवाह भएको थियो । उनले ‘फेमिना म्यागाजिन’ को कभर पेजका लागि अहिले सम्मकै महङ्गो फोटोशुट गराएकी थिइन् । उनी ११५ मिलियन डलर सम्पत्तिकी मालिक्नी हुन् । उनले सानै उमेरमा बिजनेशमा हात हालिसकेकी छिन् ।

उनी सन् २०१५ मा फोब्र्सको सवैभन्दा कम उमेरकी धनी महिलाको सूचिमा दोस्रो नम्बरमा परेकी थिइन् । यसका साथै सन् २०१५ मा नै उनको नाम एसियाकै १२ सबैभन्दा शक्तिशाली बिजनेस वुमेनको सूचिमा परेकी थिइन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ४ : ०२ बजे

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको