नेटोको वार्षिक सम्मेलनमा भाग लिन ट्रम्प बेलायत जाने | Khabarhub Khabarhub

नेटोको वार्षिक सम्मेलनमा भाग लिन ट्रम्प बेलायत जाने


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को महिना बेलायत जाने भएका छन् ।

नेटोको ७० औँ वार्षिक सम्मेलनमा सहभागी हुन ट्रम्प बेलायत जाने तय भएको राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

बेलायत भ्रमणका क्रममा ट्रम्पले नेटोआवद्ध देशका प्रमुखहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाएको छ । त्यस्तै बेलायती महारानी एलिजाबेथ द्धितियालाई पनि भेट्ने कार्यक्रम छ ।

ट्रम्पको बेलायत भ्रमणबारे जानकारी दिन जारी गरिएको वक्तव्यमा राष्ट्रपति ट्रम्पसँगै अमेरिकी प्रथम महिला मेलानिया पनि जाने उल्लेख गरिएको छ ।

ट्रम्पको बेलायत भ्रमण आउँदो डिसेम्बर २ देखि ४ तारिखसम्म हुनेछ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : ४५ बजे

लोकप्रिय बन्दै कोदोको बिस्कुट

गलकोट– बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो

माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दछन्’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु

काठमाडौं– मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन 

काठमाडौं– देशभर बढेको वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न माग

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

पाटन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास,