आजदेखि एक महिना धनगढी विमानस्थल आशिंक रुपमा मात्रै सञ्चालन हुने « Khabarhub

आजदेखि एक महिना धनगढी विमानस्थल आशिंक रुपमा मात्रै सञ्चालन हुने


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढी विमानस्थल सञ्चालनमा आइतबार(आज) देखि अवरोध हुने भएको छ । आजदेखि एक महिनासम्म विमानस्थल आशिंक रुपमा मात्रै सञ्चालन हुने भएको हो ।

विमानस्थलको धावनमार्ग मर्मत तथा स्तरबृद्धिको लागि एक महिना विमानस्थल आंशिकरुपमा सञ्चालन हुने भएको विमानस्थलले जनाएको छ ।

यससँगै आइतबारदेखि दिउँसो तीन बजेपछि हुने सम्पूर्ण उडान एक महिनासम्म बन्द हुनेछन् ।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार आइतबारदेखि दिउँसो तीनदेखि ७ बजेसम्म एक महिना विमानस्थल बन्द रहने बताए ।

उनका अनुसार गत जेठमा १८ सय मिटरमध्ये चार सय २० मिटर धावन कालोपत्रे गर्ने काम तथा पार्किङ क्षेत्रमा काम बाँकी रहेको हुँदा सो कार्यलाई पूरा गर्न विमानस्थल आंशिक रुपमा बन्द गर्नु परेको हो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १० : ५० बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र