आजदेखि एक महिना धनगढी विमानस्थल आशिंक रुपमा मात्रै सञ्चालन हुने « Khabarhub

आजदेखि एक महिना धनगढी विमानस्थल आशिंक रुपमा मात्रै सञ्चालन हुने


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढी विमानस्थल सञ्चालनमा आइतबार(आज) देखि अवरोध हुने भएको छ । आजदेखि एक महिनासम्म विमानस्थल आशिंक रुपमा मात्रै सञ्चालन हुने भएको हो ।

विमानस्थलको धावनमार्ग मर्मत तथा स्तरबृद्धिको लागि एक महिना विमानस्थल आंशिकरुपमा सञ्चालन हुने भएको विमानस्थलले जनाएको छ ।

यससँगै आइतबारदेखि दिउँसो तीन बजेपछि हुने सम्पूर्ण उडान एक महिनासम्म बन्द हुनेछन् ।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार आइतबारदेखि दिउँसो तीनदेखि ७ बजेसम्म एक महिना विमानस्थल बन्द रहने बताए ।

उनका अनुसार गत जेठमा १८ सय मिटरमध्ये चार सय २० मिटर धावन कालोपत्रे गर्ने काम तथा पार्किङ क्षेत्रमा काम बाँकी रहेको हुँदा सो कार्यलाई पूरा गर्न विमानस्थल आंशिक रुपमा बन्द गर्नु परेको हो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १० : ५० बजे

मधेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने

‘पाकिस्तानमा एचआइभी सङ्क्रमितको सङ्ख्या दुई सय प्रतिशतले बढ्यो’  

एजेन्सी– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पाकिस्तानको पूर्वी भूमध्यसागरीय क्षेत्रमा

निर्यात अनुदान रोकिएकोमा महासङ्घलले गरायो अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौं–  निर्यात व्यवसायी महासङ्घले निर्यात अनुदान रोकिएको भन्दै अर्थमन्त्री रामेश्वर

‘कम्फर्ट जोन’ खोज्दै विष्णु पौडेल, अहिलेबाटै गर्दैछन् बाह्रौँ महाधिवेशनको पनि तयारी

काठमाडौं– एघारौँ महाधिवेशन संघारमा आइपुग्दा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु