उपनिर्वाचनको सुरक्षा व्यवस्थापनका लागि गण्डकी प्रदेश प्रहरीको अन्तर्क्रिया « Khabarhub

उपनिर्वाचनको सुरक्षा व्यवस्थापनका लागि गण्डकी प्रदेश प्रहरीको अन्तर्क्रिया


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– मंसिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै गण्डकी प्रदेश प्रहरीले शान्ति तथा सुरक्षाको विषयमा अन्तर्क्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको छ ।

आइतबार आयोजित छलफल कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयअन्तर्गतका प्रहरी अधिकारी र कर्मचारीहरु सहभागी थिए ।

कार्यक्रममा निर्वाचनका बेला हुन सक्ने सम्भावित सुरक्षा चुनौती, शान्ति तथा सुरक्षा व्यवस्थापन र प्रहरी परिचालनको विषयमा छलफल भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले आशन्न उप–निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा विश्वसनिय वातवरणमा सम्पन्न गर्न उच्च सतर्कताका साथ कार्य सम्पादन गर्न गराउन सहभागी प्रहरी अधिकारीहरुलाई निर्देशन दिए ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १ : ५४ बजे

नक्कली शरणार्थी प्रकरण : भण्डारी र दुलाललाई चार-चार वर्ष कैद

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र

टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना

काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई

पूर्व गृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई नक्कली भुटानी शरणार्थी