दिल्लीको रुखहरुमा पूर्व क्रिकेटर गौतम गम्भीर हराएको पोस्टर ! « Khabarhub

दिल्लीको रुखहरुमा पूर्व क्रिकेटर गौतम गम्भीर हराएको पोस्टर !


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको नयाँ दिल्ली क्षेत्रको आइटीओ क्षेत्रमा दिल्लीका पूर्व सांसद एवं पूर्व क्रिकेटर गौतम गम्भीर लापता (हराएको) पोस्टर टाँसिएको छ । रुखहरुमा उनी लापता भएको भन्दै पोस्टर टाँसिएको हो ।

यो पोस्टरमा तल लेखिएको छ कि,‘तपाईहरुले यिनलाई कही देख्नु भएको छ ?’

अन्तिमपटक उनलाई इन्दोरमा जेरी खाँदै गरेको अवस्थामा देखिएको थियो । पूरै दिल्लीमा उनको खोजी भइहरको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गम्भीर दिल्लीमा प्रदुषण माथि भएको एक मिटिङमा सहभागी भएका थिएनन् । यो शहरी विकासको संसदीय समितिको मिटिङ थियो ।
मिटिङमा नगएपछि जब गम्भीरको सामाजिक सञ्जालमा आलोचना भयो तब उनले भनेका थिए ‘मेराका स्वयं बोल्ने हो । यदी मलाई गाली गरेर दिल्लीको प्रदुषण कम हुन्छ भने ‘आप’ मलाई बेसरी गालि गरोस् ।’

त्यस्तै गम्भीर दिल्लैको तीन एमसीडीको कमिश्नर पनि यो बैठकमा पुगेनन् जसका कारण बैठक स्थिगित भएको थियो ।

उनी प्रदुषण नियन्त्रणबारेको मिटिङमा सहभागी नभएपछि मानिसहरुले उनी हराएको सूचना टाँस गरेका हुन् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १ : ५८ बजे

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको