काठमाडौं– महानगरीय प्रहरी स्थापनाको १३ वर्ष पूरा भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र रहेन गरी १ मंसिर २०६३ मा महानगरीय प्रहरीको स्थापना गरिएको थियो ।
महानगरीय प्रहरीअन्तर्गत हाल करिब ११ हजार जनशक्ति कार्यरत छन् । महानगरीय प्रहरी प्रमुख जिम्मेवारी प्रहरीका नायव महानिरीक्षक (डिआईजी) हुने व्यवस्था छ । हाल डिआईजी शैलेश थापा क्षेत्री महानगरीय प्रहरी आयुक्त छन् ।
आइतबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा विशेष समारोहबीच १४औं महानगरीय प्रहरी दिवस मनाइएको छ ।
समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत रही प्रहरी परिचालनतर्फ उत्कृष्ट कार्य गर्ने, समुदाय(प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनतर्फ उत्कृष्ट कार्य गर्ने, उत्कृष्ट अनुसन्धानकर्ता, प्राविधिक कार्यतर्फ उत्कृष्ट कार्य गर्ने प्राविधिक प्रहरी र ट्राफिक व्यवस्थापनतर्फ उत्कृष्ट ठहर भएका प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गरे ।
प्रहरी महानिरीक्षक खनालले प्रहरी कार्यमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न संघसंस्था एवम् सामाजिक अभियन्ताहरुलाई कदरपत्र प्रदान गर्नुका साथै १४औं महानगरीय प्रहरी दिवस २०७६ को अवसरमा आयोजित अन्तर विद्यालय चित्रकला प्रतियोगितामा उत्कृष्ठ हुने छात्ररछात्राहरुलाई नगद पुरस्कार एवम् प्रशंसापत्र प्रदान गरे । साथै उनले नेपाल पुलिस स्कूल सामाखुसीमा अध्ययनरत छात्र बिवश भट्टलाई अमर प्रहरी सन्तती छात्रवृत्ति प्रदान गरे ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले महानगरीय प्रहरी कार्यालयको आफ्नै विशिष्ट किसिमको जिम्मेवारी र महत्व रहेको चर्चा गर्दै प्राप्त अधिकार राम्रोसँग उपयोग गर्दै जानुपर्नेमा जोड दिए ।
प्रहरी महानिरीक्षक खनालले सवै प्रहरी कर्मचारीहरुले इमानदार, निष्पक्ष, निडर र निर्भिकताका साथ कानून कार्यान्वयन गर्नेतर्फ अग्रसर हुन उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिए ।
समारोहका विशिष्ट अतिथि काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले उक्त अवसरमा स्थानीय तहका जनप्रतिनिधिहरुको तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्दै शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण सहयोगी र फलदायी रहेको समुदाय(प्रहरी साझेदारी कार्यक्रमलाई सफल पार्न थप सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उक्त अवसरमा महानगरीय प्रहरी कार्यालयका पूर्व आयुक्तको तर्फबाट पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह राना, प्रमुख जिल्ला अधिकारीहरुको तर्फबाट ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र नागरिक समाजको तर्फबाट प्रा।डा। बासुदेव त्रिपाठीले शुभकामना मन्तव्य व्यक्त गर्दै महानगरीय प्रहरीसँग समन्वय गर्दै अगाडि बढ्न आफूहरु तत्पर रहेको बताए ।
प्रतिक्रिया