नबिल बैंकको ‘हिरो अफ नेपाल’सिरिजमा निर्मल पूर्जा « Khabarhub

नबिल बैंकको ‘हिरो अफ नेपाल’सिरिजमा निर्मल पूर्जा


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नबिल बैंकको ‘हिरो अफ नेपाल’ सिरिजमा निर्मल पूर्जा छानिएका छन्। पूर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर विश्व किर्तिमान कामय गरेका थिए । त्यसैले उनलाई बैंकले हिरो उपाधी दिएको हो ।

नबिल बैंकले पुर्जालाई ठूलो सफलता हात पारेको भन्दै ७ लाख रुपियाँ नगद प्रदान गरी सम्मान समेत गरेको छ । त्यस्तै बैंकले सिरिजसँगै नेपाल पर्वतारोहण संघसँग हातेमालो गर्दै पर्वतारोहणका क्रममा ज्यान गुमाउने पर्वतारोहीका १५ बालबालिकालाई छात्रवृत्ति समेत प्रदान गर्ने भएको छ ।

समाजमा जहिले पनि पुरानै अनुहारलाई राष्ट्रिय हिरोका रुपमा मान्नुपर्ने अवस्थामा बैंकले नयाँ हिरो खोजी गर्ने क्रममा निर्मललाई नबिल हिरो बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।

आगामी दिनमा बैंकले समाजमा प्रोत्साहनमुलक काम गर्ने नेपाली नागरिकलाई प्रोत्साहन गर्दै हिरो घोषणा गर्दै जाने समेत घोषणा गरे। नबिल बैंकले नेपाल पर्वतारोहण संघसँग सहकार्य गर्दै हिमाल आरोहणका क्रममा मृत्यु भएका अभिभावकका १५ छोराछोरीलाई छात्रावृति दिने घोषणा समेत गरेको छ ।

कार्यक्रममा पुर्जा, शृंखला खतिवडा र बैंकर अनिल शाह समेतको प्यानल डिस्कसन भएको थियो । बैंकले यो सिरिजलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ४ : ५६ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई