बेहुलाले दाइजोमा आएको पौने १८ लाख अस्विकार गरेपछि… « Khabarhub

बेहुलाले दाइजोमा आएको पौने १८ लाख अस्विकार गरेपछि…


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पछिल्लो समय दाइजो लिनुदिनु सामाजिक कुरीति मानिदै आएको छ । तर अझै पनि कतिपय स्थानमा दाइजोको रकम लेनदेन गरेर मात्र विवाह गरिन्छ ।

तराईका केही जिल्लामा दाइजोको डरलाग्दो रुप छ । दाइजो नल्याएको निहुँमा बुहारीलाई कुटपिट गर्ने, जलाउने, मार्नेसम्मका घटनाहरु भएका छन् । दाइजोमा भनेजति रकम नपुग्दा कतिले विवाहसमेत तोडेर हिँडेका थुप्रै उदाहरणहरु छन् । यस्तैमा भारतको राजस्थानमा एक बेहुलाले बेहुली पक्षबाट दिइएको ११ लाख भारु अस्विकार गरेका छन् ।

भारतको जयपुरस्थित राजस्थानमा एक बेहुलाले दाइजोमा दिइएको पौने १८ लाख रुपैयाँ (भारु ११ लाख) अस्विकार गरेका छन् । विवाहमा ससुराले सगुनभन्दै ११ लाख भारुले भरिएको थाली बेहुलालाई दिएपछि बेहुलाले उक्त रकमलाई अस्विकार गरेका हुन् ।

भारतको केन्द्रीय औद्योगिक सुरक्षा बल, छत्तीसगढमा सिपाही पदमा कार्यरत कर्मचारी जितेन्द्र सिंह जन्ती लिएर जयपुरको अम्बावाडी पुगे । त्यहाँ जितेन्द्रको विवाह गोविन्द सिंह शेखावतकी छोरी चञ्चलसँग हुनेवाला थियो ।

विवाहमा सबै रीति र विवाह प्रक्रिया सामान्य स्थितीमा चल्यो । तर जब बेहुली पक्षबाट बेहुलालाई दाइजो रकम भन्दै ११ लाखले भरिएको थाली दिइयो । तब बेहलाले उक्त रकम लिन अस्विकार गर्दै ससुराका अगाडि हात जोडेर उभिए ।

बेहुलाले रकम लिन अस्विकार गरेपछि बेहुली पक्षका धेरै मानिसले सरकारी जागिरे भएकाले बेहुलाले रकममा असन्तोष गरेको अड्कल काटेका थिए ।

तर, हात जोडेर उभिएका जितेन्द्रले आफू दाइजो प्रथाको विरोधी रहेकाले उक्त रकम नलाने बताए । जितेन्द्रले आफ्नी हुनेवाला पत्नीले एलएलबी गरेको र पीएचडी अध्ययन गर्दै गरेकाले आफूलाई श्रीमतीको सोही शिक्षा दाइजो भएको भन्दै रकम लिन अस्विकार गरेका हुन् ।

यस कुराबाट विवाहस्थलका धेरै मानिस भावुक बने । र अन्ततः सगुन स्वरुप ११ रुपैयाँ भारु लिएर बेहुलाले विवाह गरे । बेहली चञ्चलले न्यायाधीश पदका लागि आवेदनसमेत दिएकी छन् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : ०२ बजे

एनपीएल-२ : बिनोदको अर्धशतकले सुदूरपश्चिको लगातार चौथो जित, लुम्बिनी हार्‍यो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबारको

तस्बिरमा हेर्नुहोस्, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लान्यसको प्रतिस्पर्धा 

काठमाडौं– नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत खेलमा लुम्बिनी लायन्स

लुम्बिनीविरुद्ध सुदूरपश्चिमका बिनोदको अर्धशतक

काठमाडौं – नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को १३

पूर्वाधार निर्माणको योजनामा वातावरणीय पक्ष समावेश गर्न संयोजक डंगोलको निर्देशन 

काठमाडौं– काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगालले

नेपाली कम्युनिस्ट पार्टी र विभिन्न घटकबीच एकता घोषणा कार्यक्रम शुरू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकिकरण पक्षधर