टी–१० लिग : पारससामेल अबुधावीको जित « Khabarhub

टी–१० लिग : पारससामेल अबुधावीको जित


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी–१० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्काको टिम अबुधावीले जित हात पारेको छ । आइतबार भएको खेलमा नर्दन वारियर्सलाई पराजित गर्दै टिम अबुधावीले ४ अंक बटुलेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नर्दनले १ विकेट गुमाएर ९२ रन बनाउँदै अबुधावीलाई ९३ रनको विजयी लक्ष्य दिएको थियो । उक्त लक्ष्य अबुधावीले ९ बल बाँकी हुँदै पुरा गर्यो ।

अन्तिम समयमा ब्याटिङमा आएका पारसले टिमका लागि एक रनको योगदान गरे । अबुधावीका लागि लुका राइटले ४८ रन बनाए भने कप्तान मोइन अलिले ३० रन बनाएका थिए ।

अबु धावीविरुद्ध नर्दनका क्रिस ग्रिनले २ तथा मार्क ड्यालले १ विकेट हात पारे । यसअघि पहिलो ब्याटिङ गरेको नर्दनका लागि आन्द्रे रसेलले ३७ रन बनाएका थिए भने साम विलिम्सले ३५ रन बनाएका थिए ।

नर्दनविरुद्ध अबुधावीका वेन लाफिङले विकेट लिएका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : ०९ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँड गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२