सिरियामा रुसी आक्रमणबाट नौ जनाको मृत्यु « Khabarhub

सिरियामा रुसी आक्रमणबाट नौ जनाको मृत्यु


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेरुत – सिरियाली सरकारको समर्थन गरिरहेको रुसी सेनाले गरेको एक हवाई कारबाहीमा कम्तीमा नौ जना सर्वसाधारणको मृत्यु भएको छ ।

सिरियाली द्वन्द्वको अनुगमन गरिरहेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले रुसी फौजले सिरियाको उत्तरपश्चिमस्थित इडलिबमा जिहादी अतिवादी समूहलाई लक्षित गरी हवाई हमला गरेको जनाएको छ ।

अब्टरभेटरीले इडलिबको दक्षिणी अल–मालाजा गाउँमा पाँच जनाको मृत्यु भएको तथा पूर्वी साराकेब नगरमा चार जना मारिएको उल्लेख गरेको छ । यी दुबै आक्रमणमा थुप्रै सर्वसाधारण घाइते भएका छन् भने केहीको अवस्था निकै गम्भीर रहेको छ ।

अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले इडलिब क्षेत्र पूर्व अल–कायदा लडाकू आबद्ध विभिन्न समूहले नियन्त्रणमा लिइरहेको बताए । सिरियाको आठ वर्षे गृहयुद्धका क्रममा ठूलो संख्यामा यहाँ आन्तरिक रुपमा विस्थापित मानिसहरु पनि बसोबास गरिरहेका छन् ।

इडलिब क्षेत्र सिरियाली राष्ट्रपति बसार अल–अस्सादप्रति बफादार सिरियाली सेनाका लागि अझै पनि टाउको दुखाईको विषय बनेको छ । इडलिबमा शान्तिपूर्ण तबरबाट समाधान निकाल्न रुसले गत अगस्टदेखि युद्धविराम पनि गरेको छ ।

तर अब्जरभेटरीको भनाईमा यही नोभेम्बर महिनाको शुरुदेखि हालसम्म रुसी हवाई कारबाहीमा ४८ जना सर्वसाधारणको ज्यान गइसकेको छ ।

सन् २०११ देखि शुरु भएको सिरियाली गृहयुद्धमा हालसम्म कम्तीमा तीन लाख ७० हजारको मृत्यु भएको छ भने लाखौं मानिस विस्थापित भएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : ५९ बजे

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

मिटर ब्याजको छानबिन सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा

काठमाडौँ । सरकारले मिटरब्याजको छानबिन सम्बन्धी दुईवटा प्रतिवेदन कार्यान्वयमा लैजाने