महिला उद्यमी भेला काठमाडौँमा हुने | Khabarhub Khabarhub

महिला उद्यमी भेला काठमाडौँमा हुने


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिला उद्यमी महासङ्घ नेपालले यही मङ्सिर ३ र ४ गते काठमाडौँमा महिला उद्यमी भेला गर्ने भएको छ ।

उक्त भेलामा महिला उद्यमीले सञ्चालन गरेका उद्योगको अवस्था, वर्षेनी बढी रहेको व्यापार घाटा न्यूनीकरण गर्न उनीहरुले निर्वाह गर्नुपर्ने भूमिका, उद्यमशीलताको विकासका लागि महिलाको सहभागितालगायत विषयमा छलफल गरिने छ ।

देशका विभिन्न भागबाट आएका महिला उद्यमीबीच मङ्सिर ३ गते विभिन्न उद्योगको अवस्था तथा १०० महिला उद्यमीको छलफल गरिने संस्थाका सदस्य रम्भा श्रेष्ठले जानकारी दिइन् । मङ्सिर ४ गते प्रज्ञा प्रतिष्ठानमा एक हजार महिला उद्यमीको भेला गरिने छ ।

करीब डेढ दशक अगाडि स्थापना भएको उक्त संस्थाले औद्योगिक नीति निर्माण तथा निर्णय प्रक्रियामा महिला उद्यमीको हक अधिकारका बारेमा वकालत गर्दै आएको छ ।

महिला उद्यमीको विकास एवं प्रवद्र्धनका लागि सक्रिय रहेको सोे संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्वदेशी उत्पादनको प्रवद्र्धनसमेत गर्ने गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १० : १५ बजे

मधेस बजेट : स्थानीयतहलाइ १ अर्ब १० करोड

जनकपुरधाम– मधेश प्रदेशका अर्थमन्त्री सुनीलकुमार यादवले प्रदेशसभामा अगामी आर्थिक वर्षको

मधेस बजेट : ऊर्जा सिचाई तथा खानेपानी मन्त्रालयलाई ४ अर्ब ४१ करोड 

काठमाडौं– मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३

हिमाली गाउँमा जातीय विभेद र बालविवाह रोक्न धर्मगुरु परिचालन, टोलटोलमा जागरण अभियान

धनगढी- विकासको लहरसँगै पछिल्लो समय दुर्गम गाउँमा पनि विद्यालय बने

मधेस बजेट : शिक्षा तथा संस्कृति मन्त्रालयलाई ३ अर्ब ५७ करोड ६६ लाख 

काठमाडौं– मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३

मधेसमा गृह तथा सञ्चार मन्त्रालयलाई करिब ६५ करोड विनियोजन   

काठमाडौं– मधेस प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आर्थिक वर्ष ०८२/०८३