जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित « Khabarhub

जनजाति आयोगको प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस, शोक प्रस्ताव पारित


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८१/८२’ को वार्षिक प्रतिवेदन राष्ट्रियसभासमक्ष पेस गरिएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो प्रतिवेदन सभासमक्ष पेस गरिन् ।

त्यसैगरी राष्ट्रियसभाको आजको बैठकले सभाका पूर्वसदस्य रामचन्द्र भट्टराईको निधनमा शोक प्रस्ताव पारित गरेको छ । अध्यक्ष नारायणप्रसाद दाहालले सभामा प्रस्तुत गरेको सो प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो । 

विसं १९९८ असोज ९ गते जन्मिएका भट्टराईको ८४ वर्षको उमेरमा गत माघ १३ गते निधन भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता भट्टराई २०५६ सालमा राष्ट्रियसभा सदस्य थिए । 

सभामा शोक प्रस्ताव सर्वसम्मतिले पारितपश्चात् उनको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौन धारण गरियो थियो । राष्ट्रियसभाको अर्को बैठक २०८२ चैत २५ गते बुधबार १ः१५ मिनेटमा बस्नेछ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  २ : ५३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको