राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध « Khabarhub

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन् ।

राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको मात्रै उम्मेदवारी परेपछि सोमबार बसेको राष्ट्रियसभा बैठकले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

बैठकमा राष्ट्रियसभा सदस्य प्रेम प्रसाद दंगालले भण्डारीलाई राष्ट्रियसभा उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामा उक्त प्रस्ताव सर्वसम्मत पारित भएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भण्डारी उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । 

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्षको शपथ र पदभार मंगलबार हुने संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको अर्को बैठक चैत्र २५ गते बुधबार बोलाइएको छ । 

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  २ : ५४ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली