महिला उद्यमी भेला काठमाडौँमा हुने « Khabarhub

महिला उद्यमी भेला काठमाडौँमा हुने


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिला उद्यमी महासङ्घ नेपालले यही मङ्सिर ३ र ४ गते काठमाडौँमा महिला उद्यमी भेला गर्ने भएको छ ।

उक्त भेलामा महिला उद्यमीले सञ्चालन गरेका उद्योगको अवस्था, वर्षेनी बढी रहेको व्यापार घाटा न्यूनीकरण गर्न उनीहरुले निर्वाह गर्नुपर्ने भूमिका, उद्यमशीलताको विकासका लागि महिलाको सहभागितालगायत विषयमा छलफल गरिने छ ।

देशका विभिन्न भागबाट आएका महिला उद्यमीबीच मङ्सिर ३ गते विभिन्न उद्योगको अवस्था तथा १०० महिला उद्यमीको छलफल गरिने संस्थाका सदस्य रम्भा श्रेष्ठले जानकारी दिइन् । मङ्सिर ४ गते प्रज्ञा प्रतिष्ठानमा एक हजार महिला उद्यमीको भेला गरिने छ ।

करीब डेढ दशक अगाडि स्थापना भएको उक्त संस्थाले औद्योगिक नीति निर्माण तथा निर्णय प्रक्रियामा महिला उद्यमीको हक अधिकारका बारेमा वकालत गर्दै आएको छ ।

महिला उद्यमीको विकास एवं प्रवद्र्धनका लागि सक्रिय रहेको सोे संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्वदेशी उत्पादनको प्रवद्र्धनसमेत गर्ने गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १० : १५ बजे

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

मिटर ब्याजको छानबिन सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा

काठमाडौँ । सरकारले मिटरब्याजको छानबिन सम्बन्धी दुईवटा प्रतिवेदन कार्यान्वयमा लैजाने