राष्ट्र बैंकले ३ अर्ब ८५ करोडको ट्रेजरी बिल बिक्री गर्दै « Khabarhub

राष्ट्र बैंकले ३ अर्ब ८५ करोडको ट्रेजरी बिल बिक्री गर्दै


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले रु तीन अर्ब ८५ करोड ५० लाख (३८५.५० करोड) बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकका अनुसार सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । बैंकका अनुसार ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । बैंकका अनुसार रु दुई अर्ब ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो ।

आगामी फागुन ६ गते उक्त बिल परिपक्व हुनेछ । यस्तै रु एक अर्ब ८५ करोड बराबरको ट्रेजरी बिल १८२ दिने अवधिको छ । सो बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । यसअघि बैंकले गत कात्तिक २५ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ९ : ३१ बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार