डोजर प्रकरणः महिला हुत्याउने चालक जेल चलान | Khabarhub Khabarhub

डोजर प्रकरणः महिला हुत्याउने चालक जेल चलान


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- जिल्ला अदालत बैतडीले दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले महिला हुत्याउने चालकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला अदालतले डोजर चालक किशोर बोहरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई थुनामा पठाउनका लागि आज आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता भानदेव जोशीले जानकारी दिए ।

यस्तै अदालतले चालक बोहरालाई डोजरले हुत्याउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीयवासी भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही रु ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ । गत कात्तिक ४ गते ग्वाल्लेकको चिलाउनेमा सडक निर्माणका क्रममा स्थानीयवासी गौरी जोशीलाई डोजर चालकले हुत्याएको थियो ।

सडक निर्माण गर्ने र सडक निर्माण गर्न नदिने पक्षबीच विवाद हुँदा झडपसमेत भएको थियो । आफूहरुको जमीनमा जबरजस्ती डोजर चलाएको भन्दै सडक रोक्ने पक्षले अवरोध गर्दा डोजर चालकले महिलालाई हुत्याएको थियो । चालक बोहरालाई प्रहरीले कात्तिक ४ गते नै पक्राउ गरेको थियो ।

यस्तै डोजर चलाउन उक्साउने डोजर मालिक जोशी, स्थानीयवासी भोजराज र धर्मानन्दलाई कात्तिक ६ गते पक्राउ गरिएको थियो । सडक रोक्नुपर्छ भन्ने पक्षका दुर्गादत्त जोशीलाई पनि सार्वजनिक स्थानमा शान्तिमा खलल पु¥याएको कसुरमा मुद्दा दर्ता गरेर प्रहरीले पक्राउ गरेको भए पनि उनी हाल प्रहरी हिरासतमै छन् । प्रहरीले अनुसन्धान गरेर फाइल बुझाइसकेकाले सोमबार जिल्ला प्रशासन कार्यालयले टुङ्गो लगाउने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

छानबिन समितिले प्रतिवेदन बुझाउन सकेन्

बैतडी डोजर प्रकरणका विषयमा अदालतले निर्णय गरिसकेको अवस्थामा पनि गत कात्तिक ५ गते स्थानीय प्रशासनले गठन गरेको छानबिन समितिले भने अझै प्रतिवेदन बुझाउन सकेको छैन । सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगी नेतृत्वको छानबिन समितिले हालसम्म प्रतिवेदन बुझाउन सकेको छैन ।

शुरुमा छानबिन समितिको प्रतिवेदन समय सीमा ४८ घण्टाको राखिएको थियो । उक्त समय सीमामा प्रतिवेदन बुझाउन नसकेपछि पाँच दिनको म्याद थप गरिएको थियो । डोजर प्रकरणका विषयमा प्रतिवेदन तयार भएको तर प्रमुख जिल्ला अधिकारी जिल्ला बाहिर भएकाले बुझाउन नसकिएको समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए ।

सो प्रकरणमा दोषी देखिएकाले कानूनअनुसार कारवाही हुनुपर्ने समितिले तयार पारेको प्रतिवेदनको सार रहेको समितिले जनाएको छ ।

छानबिन समितिले तयार पारेको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीको रायसहित प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र राष्ट्रिय मानवअधिकार आयोगमा पठाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दशरथचन्द नगरपालिका–९ सुन्नाखानदेखि पार्ससम्म जोड्ने उक्त सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा डोजर चालक बोहराले महिलालाई हुत्याएपछि घटनाले ठूलो रुप लिएको थियो ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ९ : ४५ बजे

त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरूलाई संघीय अस्पताल तथा प्रतिष्ठानहरूमा

बीपीका चिकित्सकले क्यान्सरका बिरामीको घरमै पुगेर उपचार गर्ने

सुनसरी– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सरका सिकिस्त बिरामीहरूलाई

काठमाडौंको धोबिखोलामा बाढी

काठमाडौं– वर्षाका कारण काठमाडौंको धोबिखोलामा बाढी आएको छ ।  शुक्रबार

तीन दलको बैठक : सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया अघि बढाउन नेताहरूबीच कुराकानी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई अघि बढाउनका

बीपी राजमार्गमा १५ दिनसम्म यात्रु बोक्ने साधन राति चलाउन रोक

सिन्धुली- काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्लास्थित सुरक्षा समन्वय समितिको बैठकले