करणीको आरोप लागेपछि कार्यालय प्रमुख फरार « Khabarhub

करणीको आरोप लागेपछि कार्यालय प्रमुख फरार


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत-  सुर्खेतस्थित साल्ट टेड्रिङ कर्पोरेशन कार्यालयका प्रमुखमाथि जबरजस्ती करणीको आरोप लागेसँगै उनी फरार भएका छन् ।

स्थानीय एक युवतीले वीरेन्द्रनगरस्थित साल्ट टेड्रिङ कर्पोरेशनका प्रमुख रामबाबु गुप्ताविरुद्ध जबरजस्ती करणीको आरोप लगाउँदै जाहेरी दर्ता गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जाहेरी दर्ता लगत्तै कार्यालय प्रमुख गुप्ता फरार रहेका छन् ।

गुप्ताले कार्यालयमै बोलाएर पटकपटक यौनशोषण गरेको ती युवतीको आरोप छ । प्रहरीले एक सातादेखि फरार गुप्ताको खोजी भइरहेको बताएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले युवतीको जाहेरीका आधारमा गुप्ताविरुद्ध जबरजस्ती करणीसम्बन्धी अभियोगमा मुद्दाको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  १० : ४० बजे

अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई

टाइगर कप भलिबलको उपाधि एपिएफलाई 

कास्की– सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो

पूर्वी जेरुसलेममा बन्दुकधारीले गरेको आक्रमणमा ७ जनाको मृत्यु

काठमाडौँ- इजरायल र प्यालेष्टाइनबीच सार्वभौमिकताको विवादमा रहेको पूर्वी जेरुसलेममा प्रार्थना

लोप हुँदै महाकालीको ‘महाशेर माछा’

दोधारा चाँदनी– एक दशक अघिसम्म महाकाली नदीमा सजिलै पाइने यहाँको

भारतमा दुई सैनिक विमान दुर्घटना, एक जनाको मृत्यु

काठमाडौँ- भारतीय वायु सेनाका दुई वटा विमान मध्य आकाशमा एकआपसमा