सगरमाथा चढ्नकै लागि साइकलमा १३ हजार किमी यात्रा ! « Khabarhub

सगरमाथा चढ्नकै लागि साइकलमा १३ हजार किमी यात्रा !


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-मानिसका चाहाना अनौठा र असिमित हुन्छन् । आफ्नो रुची पूरा गर्दै मानिसले जस्तोसुकै दु:खको हद पार गर्ने गर्छ । यस्तै सूचीमा पर्छन स्वीडेनमा गोरान क्रोप ।

उनी एक चर्चित पर्वतारोही हुन् । उनको साइकल प्रेम र पर्वतारोहणको रुचीले सबैलाई चकित बनाउँछ । उनका रोमाञ्चक तथा साहसी कामले उनी विश्वमा चर्चित छन् ।

सन् १९९६ मा यिनी १३ हजार किलो मिटर साइकलमा चढेर स्वीडेनबाट नेपाल आएका थिए । त्यसवर्ष उनले विना अक्सिजन सगरमाथाको आरोहण गरे । त्यसपछि उनी साइकलमै स्वदेश स्वीडेन फर्किए ।

सन् १९७२ मा क्रोप केवल ६ वर्षका हुँदादेखि नै यिनी पर्वतारोहणमा निकै रुची राख्न थाले । यिनका बुवाले त्यसबेला नै यिनलाई नर्वेको गाल्डोपिगन पर्वत लिएर गए, यो समुन्द्री सतहबाट ८१०० मिटर अग्लो छ ।

स्वीडेनको सेनामा पाराशुट रेञ्जर रुपमासमेत कार्य गरेका क्रोप त्यसपछि विश्वका सर्वाधिक चुनौतिपूर्ण हिमालहरु आरोहण गर्न तर्फ लालाहित भए ।

काजाकिस्तान र कीर्गिस्तानबीचको चुनौतिपूर्ण लेनिन चुचुरो सन् १९८८ मा यिनले चढेर भ्याए, त्यसपछि कोटोपाक्सि, इलाम्पू, हुयाना पाटोसी जस्ता चुनौतिपूर्ण र मोफसलका हिमालहरु यिनले चढे ।

त्यसपछि यिनको सपनाको चुचरो सगरमाथा बाँकी भयो, उनी सगरमाथाको आरोहणलाई विशेष बनाउन चाहन्थे । अक्टोबर १६ सन् १९९५ मा यिनले स्टकहोमबाट आफ्नो साइकलमा सगरमाथा आरोहण गर्ने लक्ष्यका साथ नेपाल तर्फको यात्रा शुरु गरे । यो साइकल विशेष गरि डिजाइन गरिएको क्रिसेन्ट अल्टिमा साइकल थियो ।

२३८ पाउण्डको भारी साइकलमा हालेर यिनले सगरमाथाको यात्रा शुरु गरे, स्क्यान्डेनेभियन सागर तरेर मध्यपूर्व एसिया, म्सोपोटामिया हुँदै एसिया प्यासिफिक अनि नेपाल छिर्न सहज पक्कै थिएन । १३००० किमी साइकल कुदाएर यिनी सन् १९९६ को अप्रिलमा नेपाल आइपुगे, लगभग ६ महिनाको साइकल यात्रा पछि यिनी नेपाल आइपुगेका थिए ।

यिनी सगरमाथा बेस क्याम्प आएका दिन ८ जना आरोहीहरुले आरोहणका क्रममा ज्यान गुमाएका थिए, त्यसै दिन यिनी यि आरोहीहरुको उद्धार र मेडिकल सहयोगमा पनि सामेल भए । क्रोप अक्सिजन बिना, कुनै शेर्पा गाइड बिना, कुनै क्यान खानेकुरा र याकको सहायता बिना नै चुनौति लिएर चढे ।

यो एउटा निरपेक्ष अनि ब्यापक चुनौति यो जुन क्रोपले पार गरे । क्रोप आफ्नै शक्ति र सार्मथ्यको बलमा सगरमाथा चढ्न चाहन्थे र पुरा पनि गरे । क्रोप स्वयमले म अहिलेसम्म नभएको जोखिम लिन चाहन्थे, मैले पूरा गरेर देखाँए ।

लेखक र पत्रकार जोन रोथचाइल्डले क्रोप जोखिम लिन चाहन्थे तर यिनमा मृत्युवरणको इच्छा भनें थिएन, यिनी जोखिम मोलेर जीवनलाई नयाँ रुप दिन चाहन्थे भनी लेखेका छन् ।

क्रोपकी श्रीमती रेनाटा चुमस्का पनि सगरमाथा आरोहण गर्ने प्रथम स्वीडिस महिला हुन् । क्रोपले आफ्नो जीवनमा जोखिम र पर्वतारोहणको नयाँ साहस दिएर गए ।

दुखद कुरा के भयो भनें सेप्टेम्बर ३० सन् २००२ मा फ्रान्समा एउटा पर्वत आरोहणका क्रममा लडेर यिनको मृत्यु भयो । त्यतिबेला यिनी ३५ वर्षका थिए ।

क्रोपका कथा र जीवनका साहसका उदहारणहरु आज पनि विश्वभरिका पर्वतारोहीले गर्दछन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ७ : ०३ बजे

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा