सगरमाथा चढ्नकै लागि साइकलमा १३ हजार किमी यात्रा ! | Khabarhub Khabarhub

सगरमाथा चढ्नकै लागि साइकलमा १३ हजार किमी यात्रा !


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-मानिसका चाहाना अनौठा र असिमित हुन्छन् । आफ्नो रुची पूरा गर्दै मानिसले जस्तोसुकै दु:खको हद पार गर्ने गर्छ । यस्तै सूचीमा पर्छन स्वीडेनमा गोरान क्रोप ।

उनी एक चर्चित पर्वतारोही हुन् । उनको साइकल प्रेम र पर्वतारोहणको रुचीले सबैलाई चकित बनाउँछ । उनका रोमाञ्चक तथा साहसी कामले उनी विश्वमा चर्चित छन् ।

सन् १९९६ मा यिनी १३ हजार किलो मिटर साइकलमा चढेर स्वीडेनबाट नेपाल आएका थिए । त्यसवर्ष उनले विना अक्सिजन सगरमाथाको आरोहण गरे । त्यसपछि उनी साइकलमै स्वदेश स्वीडेन फर्किए ।

सन् १९७२ मा क्रोप केवल ६ वर्षका हुँदादेखि नै यिनी पर्वतारोहणमा निकै रुची राख्न थाले । यिनका बुवाले त्यसबेला नै यिनलाई नर्वेको गाल्डोपिगन पर्वत लिएर गए, यो समुन्द्री सतहबाट ८१०० मिटर अग्लो छ ।

स्वीडेनको सेनामा पाराशुट रेञ्जर रुपमासमेत कार्य गरेका क्रोप त्यसपछि विश्वका सर्वाधिक चुनौतिपूर्ण हिमालहरु आरोहण गर्न तर्फ लालाहित भए ।

काजाकिस्तान र कीर्गिस्तानबीचको चुनौतिपूर्ण लेनिन चुचुरो सन् १९८८ मा यिनले चढेर भ्याए, त्यसपछि कोटोपाक्सि, इलाम्पू, हुयाना पाटोसी जस्ता चुनौतिपूर्ण र मोफसलका हिमालहरु यिनले चढे ।

त्यसपछि यिनको सपनाको चुचरो सगरमाथा बाँकी भयो, उनी सगरमाथाको आरोहणलाई विशेष बनाउन चाहन्थे । अक्टोबर १६ सन् १९९५ मा यिनले स्टकहोमबाट आफ्नो साइकलमा सगरमाथा आरोहण गर्ने लक्ष्यका साथ नेपाल तर्फको यात्रा शुरु गरे । यो साइकल विशेष गरि डिजाइन गरिएको क्रिसेन्ट अल्टिमा साइकल थियो ।

२३८ पाउण्डको भारी साइकलमा हालेर यिनले सगरमाथाको यात्रा शुरु गरे, स्क्यान्डेनेभियन सागर तरेर मध्यपूर्व एसिया, म्सोपोटामिया हुँदै एसिया प्यासिफिक अनि नेपाल छिर्न सहज पक्कै थिएन । १३००० किमी साइकल कुदाएर यिनी सन् १९९६ को अप्रिलमा नेपाल आइपुगे, लगभग ६ महिनाको साइकल यात्रा पछि यिनी नेपाल आइपुगेका थिए ।

यिनी सगरमाथा बेस क्याम्प आएका दिन ८ जना आरोहीहरुले आरोहणका क्रममा ज्यान गुमाएका थिए, त्यसै दिन यिनी यि आरोहीहरुको उद्धार र मेडिकल सहयोगमा पनि सामेल भए । क्रोप अक्सिजन बिना, कुनै शेर्पा गाइड बिना, कुनै क्यान खानेकुरा र याकको सहायता बिना नै चुनौति लिएर चढे ।

यो एउटा निरपेक्ष अनि ब्यापक चुनौति यो जुन क्रोपले पार गरे । क्रोप आफ्नै शक्ति र सार्मथ्यको बलमा सगरमाथा चढ्न चाहन्थे र पुरा पनि गरे । क्रोप स्वयमले म अहिलेसम्म नभएको जोखिम लिन चाहन्थे, मैले पूरा गरेर देखाँए ।

लेखक र पत्रकार जोन रोथचाइल्डले क्रोप जोखिम लिन चाहन्थे तर यिनमा मृत्युवरणको इच्छा भनें थिएन, यिनी जोखिम मोलेर जीवनलाई नयाँ रुप दिन चाहन्थे भनी लेखेका छन् ।

क्रोपकी श्रीमती रेनाटा चुमस्का पनि सगरमाथा आरोहण गर्ने प्रथम स्वीडिस महिला हुन् । क्रोपले आफ्नो जीवनमा जोखिम र पर्वतारोहणको नयाँ साहस दिएर गए ।

दुखद कुरा के भयो भनें सेप्टेम्बर ३० सन् २००२ मा फ्रान्समा एउटा पर्वत आरोहणका क्रममा लडेर यिनको मृत्यु भयो । त्यतिबेला यिनी ३५ वर्षका थिए ।

क्रोपका कथा र जीवनका साहसका उदहारणहरु आज पनि विश्वभरिका पर्वतारोहीले गर्दछन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ७ : ०३ बजे

स्वच्छ र निष्पक्ष चुनाव गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र

आजका समाचार : सडकमा निस्किए विप्लव, साथ नदिनेसँग बदला लिँदै माधव, कांग्रेशमा महाधिवेशन विवाद सुल्झिएन र आरसीबीलाई बेच्ने तयारी

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी

नेपाल-भारत स्टार्टअप पार्टनरसीप नेटवर्कसम्बन्धी अभिमुखीकरण सम्पन्न

काठमाडौं– यहाँस्थित भारतीय राजदूतावासले आगामी महिनामा आयोजना गर्न लागेको भारत–नेपाल

‘चीनले समुद्री विवादबारे भ्रमपूर्ण भनाइको दृढतापूर्वक प्रतिरोध गर्छ’

बेइजिङ– चीनले समुद्री विवादसम्बनधी झूटा भनाइहरू फैलाउने र चीनमाथि आधारहीन

राष्ट्रपति पौडेलको भ्रमण फलदायी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहामा सम्पन्न दोस्रो विश्व सामाजिक