मुक्तिनाथ विकास बैंकको अध्यक्षमा ढकाल | Khabarhub Khabarhub

मुक्तिनाथ विकास बैंकको अध्यक्षमा ढकाल


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुक्तिनाथ विकास बैंकको अध्यक्षमा भरतराज ढकाल सर्वसम्मत चयन भएका छन् ।

सोमबार बसेको बैंकको साधारण सभाले ढकाललाई संचालक समितिको अध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो ।

पोखरमा सोमबार वैंकको वार्षिक साधारणसभा भएको थियो । साधारणसभाले ढकाल लगायत ५ जनालाई नयाँ संचालकको रुपमा सर्वसम्मत चयन गरेको हो ।

साधारणसभा सकिएलगत्तै बसेको संचालक समितिको बैठकमा ढकाल सर्वसम्मत बैंकको अध्यक्ष चुनिएका हुन् ।

देशका विकट क्षेत्र र कुनाकन्दरामा बैंकिङ सेवा पुर्याउनुपर्ने निरन्तर वकालत गर्दै आएका ढकाल बैंकको सीइओ हुँदा विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष समेत भएका थिए ।

ढकाल सीइओ हुँदा बैंकका डेपुटी सीइओको रुपमा भित्रिएका प्रद्युमन पोखरेल अहिले सीइओको रुपमा रहेका छन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ७ : ३१ बजे

समीक्षाको स्वरमा तीज गीत ‘कस्की छोरी होला’ सार्वजनिक

काठमाडौं – गायिका समीक्षा अधिकारीको स्वरमा तीज गीत ‘कस्की छोरी

सहज छैन बागमतीमा बानियाँको मुख्यमन्त्री यात्रा

काठमाडौं– नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ पार्टीको बागमती प्रदेश संसदीय

युवा संघले बडीमालिका यात्रामा स्वयम् सेवक खटाउने

धनगढी– यतिबेला धर्तीको भू स्वर्ग बडीमालिका धार्मिक यात्राको मौसम चलिरहेको छ

विश्व टेबलटेनिस च्याम्पियनसिपको छनोट प्रतियोगिता सुरू

काठमाडौं– विश्व टिम टेबलटेनिस च्याम्पियनसिप २०२६ का लागि दक्षिण एसियाली

इन्द्रबहादुर बानियाँ दलको नेतामा विजयी

काठमाडौं– नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ पार्टीको बागमती प्रदेश संसदीय