जामिया विश्वविद्यालयको घटनाबारे मोदीले दिएको अभिव्यक्तिको आलोचना « Khabarhub

जामिया विश्वविद्यालयको घटनाबारे मोदीले दिएको अभिव्यक्तिको आलोचना


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक संशोधन सम्बन्धी भारत सरकारले ल्याएको नयाँ कानूनको विरोध जारी छ । नयाँ कानूनको विरोधमा प्रदर्शन गरेका जामिया मिल्लिया विश्वविद्यालयका विद्यार्थीमाथि प्रहरीले गरेको ज्यादतिपछि विरोधले बिस्तारित रुपमा लिएको छ ।

जामिया विश्वविद्यालयमा तीन बसमा आगो लगाएको घटनाका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिको आलोचना भएको छ । मोदीले एक कार्यक्रममा जामिया विश्वविद्यालय बसमा आगो लगाउनेहरुलाई उनीहरुले लगाएको लुगाका आधारमा चिन्न सकिने बताएपछि उनको आलोचना भएको हो ।

अहिले सामाजिक सञ्जालमा समस्या समाधान गर्नुपर्ने बेला मोदीले आन्दोलन भड्काउने अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा तीब्र आलोचना भएको छ । नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले कांग्रेससहितका विपक्षी पार्टीले राजनीतिक फाइदाका लागि नागरिक संशोधन कानूनको विरोध गरेको र विरोध प्रदर्शनकारीलाई उक्साएको आरोप लगाएको छ ।

दिल्ली, पश्चिम बंगाल, आसामसहितका क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ । जामिया विश्वविद्यालय, दिल्ली विश्वविद्यालय, जेएनयू, टिआइएसएस, अलिगड मुस्लिम विश्वविद्यालय, लखनउको नदवा कलेज, हैदराबादको उर्दू विश्वविद्यालय, आइआइटी चेन्नई सहितका शैक्षिक संस्थानमा विरोध प्रदर्शन भइरहेका छन् ।

यसैबिच भारतको सर्वोच्च अदालतले जामिया विश्वविद्यालयमा भएको हिंसाका सम्बन्धमा सुनुवाई मंगलबार सुनुवाई गर्दैछ ।

हालै आएको नागरिकता संशोधन कानूनको विरोधमा जामियाका विद्यार्थीहरु आइतबार प्रदर्शनमा उत्रिएका थिए । नयाँ नागरिकता कानूनको विरोधमा भएको सो प्रदर्शनको क्रममा तीनवटा बसमा आगजनी भएको थियो र त्यसपछि झडप भएको थियो ।

जामिया मिल्लिया इस्लामिया विश्वविद्यालयका उपकुलपति प्रोफेसर नजमा अख्तरले विश्वविद्यालयमा प्रहरीले गरेको कारवाहीको निन्दा गर्दै घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ९ : १९ बजे

लुम्बिनी प्रदेशसभा : बजेट, कानुन र सुशासनका विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीतिक, आर्थिक

डिभोर्सको चार वर्षपछि उषाको उजुरीमा पक्राउ परे पूर्वपति जीपी तिमल्सिना

काठमाडौं- सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन् । पूर्वपत्नी

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

ढोरपाटन– बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मालपोत कार्यालय जुम्लाद्वारा एक करोड ८६ लाखभन्दा बढी राजस्व सङ्कलन

जुम्ला– मालपोत कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा

शैक्षिक सत्र सुरु नहुँदै भर्ना नलिन मन्त्रालयको निर्देशन, अटेरी गरे कारबाही गर्ने चेतावनी 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरु हुनुअघि